default_image

8 years ago

July 2, 2017

शीर्ष खेलाडीहरुको दावेदारी कायमै

138 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – अन्नपूर्ण पोस्ट् इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा नेपालका शीर्ष खेलाडीको दबदबा रहेको छ । प्रतियोगिताको दोस्रो दिन आइतबार भएको पुरुष एकलको खेलमा नेपालका नम्वर एक खेलाडी त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङलगायतका खेलाडीले सफलता हात पार्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । पुरुष एकलमा नेपाली खेलाडी बाहेक, भारत, पाकिस्तान र श्रीलंकाका खेलाडीले पनि अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् ।

भारतका जुम्ल्याहा दाजुभाइ अन्जान बुरागोहिन र रञ्जन बुरागोहिन दुवैले सफलता हात पार्दै अन्तिम १६ मा स्थान बनाएका छन् । यस्तै पाकिस्तानका मुराद अलि र श्रीलंकाका रन्ठुस्का करुणाथिलाके पनि प्रिक्वार्टरफाइनलमा स्थान बनाउन सफल भएका छन् ।

पुरुष एकलमा नेपाल पुलिस क्लबका गौतम कायस्थ, विष्णु कटुवाल र दिपेश धामीले आ–आफ्नो खेलमा सफलता हात पार्दै अन्तिम १६ मा स्थान बनाएका छन् । यस्तै त्रिभुवन आर्मी क्लबका नविन श्रेष्ठ, प्रज्वल महर्जन र सशस्त्र प्रहरी बलको एपीएफ क्लबका विजित थापा मगर, निरविक्रम देवकोटा, साजन ताम्राकार, सुमन लिम्बू र सुदिव सेढाईं पनि अन्तिम १६ मा पुगेका छन् ।

यसैगरी मेन्स एक्जुकेटिभ डबल्समा विशाल बस्नेत र विशाल खड्का, नारायण गौतम र अभिषेक गुरुङ, राजुप्रसाद गुप्ता र ज्ञानेन्द्र पौडेल, घनश्याम भट्ट र जेवी चन्द, राजीव दाहाल र विमल श्रेष्ठ, वीरु केसी र राजकुमार गुरुङ, विकास महर्जन र प्रदीप महर्जन, नवराज आचार्य र हरिबहादुर सिटौलाको जोडीले आ–आफ्नो खेलमा विजय हासिल गर्दै प्रिक्वार्टरफाइनलमा स्थान बनाउन सफल भएका छन् ।

यसैगरी महिला एकलमा पनि शीर्ष वरियता खेलाडीले आफ्नो प्रभाव कायम राखेका छन् । आर्मीकी नङ्सल तामाङ, इलामकी सुलोचना भक्तराज, आर्मीकी रसिला महर्जन, आर्मीकै अनुमाया राई र जेस्ट ब्याडमिन्टनकी सीता राई पहिलो चरणको खेलमा जित हात पार्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

यसैगरी रुपन्देहीकी पूजा विष्ट, एपीएफकी शोभा गौचन, सीमा राजबंशी, शिखर ब्याडमिन्टनकी सरस्वती बोहरा, आर्मीकी अमिता गिरीले पनि अन्तिम १६ मा स्थान बनाएका छन् । यस्तै भुटानकी थिन्ले डेमो र इडन र श्रीलंकाकी दिल्मी दियासले पनि आ–आफ्नो खेल जित्दै प्रिक्वार्टरफाइनलमा स्थान बनाएका छन् । महिला एकलमै बाँकेकी सम्झना शर्मा र जेस्ट ब्याडमिन्टन एकेडेमी सुनैना मुखियाँ भने क्वार्टरफाइनलमा प्रवेश गरिसकेकी छिन् ।

मेन्स एक्जुकेटिभ डबल्समै जीवन थापा र दीलिप गौचन, पंकज केसी र विवस नेपाल, श्यामबहादुर महर्जन र नविन महर्जन, रामकृष्ण बानियाँ र श्याम पराजुली, सुभाष उलक र अरुण बलामी, सन्तोष भट्टराई र दिनेश राई, शम्भू भट्टराई र डीवी रायमाझी एवं रोदिन खड्का र विवेक जीसीको जोडी पनि अन्तिम १६ मा पुगेका छन् ।

यसैगरी मेन्स कर्पोरेट डबल्समा रञ्जित बराल र अङ्गराज पौडेल, जयप्रसाद दाहाल र चन्द्रबहादुर लिम्बू, शुक्रराज थिङ र रामबहादुर बज्यो, भीमबहादुर गुरुङ र कर्णबहादुर शाही, विजेन्द्रप्रसाद श्रेष्ठ र रमेशबहादुर सुनुवार, हरिओम गुप्ता र हेमन्त अग्रवाल, विक्रमराज गौतम र नरेन्द्रबहादुर थापा, तेजबहादुर चाङ र हरिबहादुर सिटौला आ–आफ्नो खेलमा जित हात पार्दै प्रिक्वार्टरफाइनलमा प्रवशे गरेका छन् ।

मेन्स कर्पोरेट डबल्समै रुद्रबहादुर थिङ र राजीव दाहाल, दीलिप गौचन र जीवनप्रकाश लिम्बू, मिलन थापा र शुक्र पाख्रिन, हरिप्रसाद श्रेष्ठ र पुष्पराज ताम्राकार, मोहन योञ्जन र विजय लामा तथा दीप आचार्य र पंकज ज्ञवाली पनि प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

यसैगरी मेन्स एक्जुकेटिभ सिंगल्समा जीवन परियार, अभिषेक गुरुङ, विजेन्द्रलाल श्रेष्ठ, विवस नेपाल, रजिन खड्का, सुरेन्द्रसिंह कार्की, रमनविक्रम शाह, जेवी चन्द र जीवनप्रकाश लिम्बू प्रिक्वार्टरफाइनलमा प्रवेश गरे । आइतबार ५९ वटा खेल सञ्चालन भएको प्रतियोगिताका रेफ्री लवभक्त श्रेष्ठले जानकारी दिए । रेफ्री श्रेष्ठका अनुसार सोमबारबाट ६ वटै इभेन्टको प्रिक्वार्टरफाइनलका खेल सञ्चालन हुनेछ ।

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

Success

Thank you for your time.