8 years ago
June 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा यसै महिना तीन प्रतियोगिता हुने भएको छ। पहिला असार २२ देखि २४ गतेसम्म नवौं राष्ट्रिय विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुनेछ ।
राष्ट्रपति रनिङ सिल्डमा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराते, उसु, फुटबल र क्रिकेट गरी ८ खेल राखिएको छ । सबै खेलमा पाँच क्षेत्रको सहभागिता रहने छ र प्रत्येक क्षेत्रबाट १ सय ३० का दरले खेलाडी सहभागी हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजनाका विभागका प्रमुख समेत रहेका राष्ट्रपति रनिङ सिल्ड सञ्चालन तथा व्यवस्थापन समितिका सचिव मीनकुमार शर्माले जनाएका छन् । क्रिकेटमा छात्र टोली मात्र सहभागी हुनेछ ।
एथलेटिक्स र फुटबल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, कबड्डी सातदोबाटो, तेक्वान्दो कोटेश्वर तेक्वान्दो डोजाङ, कराते लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहल तथा क्रिकेट पुल्चोक इन्जिनिएरिङ कलेजको मैदानमा खेलाइनेछ ।
टिम च्याम्पियनले २५ हजार, उपविजेताले २० हजार र तेश्रोले १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । एथलेटिक्स, भलिबल र कबड्डीको पदकलाई मात्र निश्चित अंक प्रदान गरी समग्रमा टिम च्याम्पियनको चयन गरिने प्रावधान छ ।
व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार पाउनेछन् । त्यस्तै पहिलोदेखि तेश्रो हुने टिमका प्रत्येक खेलाडीलाई क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय नगद पुरस्कार प्रदान गरिनेछ ।
राष्ट्रपति रनिङ सिल्डपछि तेश्रो उपत्यकाव्यापी विद्यालयस्तरीय डन्डी बियो प्रतियोगिता असार २६ र २७ गते हुनेछ ।
त्रिपुरेश्वरस्थित राखेप हातामा हुने प्रतियोगितामा ११ छात्र टिमले भाग लिनेछन् । त्यसमा काठमाडौंबाट ५ तथा ललितपुर, भक्तपुर र काभ्रेबाट समान २–२ टिम सहभागी हुनेछन् । विजेताले १५ हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार हासिल गर्नेछन् ।
त्यस्तै तीन खेल समावेश दोश्रो प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुद असार २९ देखि ३१ गतेसम्म हुनेछ ।
विभिन्न ९ विश्वविद्यालयको टिम सहभागी हुने प्रतियोगितामा भलिबल, टेबलटेनिस र ब्याडमिन्टनमा प्रतिस्पर्धा हुनेछ । पुरुष मात्र प्रतिस्पर्धा हुने भलिबलमा प्रत्येक टिममा १२ खेलाडी रहनेछन् । टेबलटेनिस र ब्याडमिन्टनमा हरेक विश्वविद्यालयबाट समान ४–४ पुरुष÷महिला खेलाडीले भाग लिनेछन् ।
भलिबल राखेपको कभर्डहल, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र तथा ब्याडमिन्टन सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]