8 years ago
June 27, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – असार महिनाको अन्तिम साताबाट सुरु हुने एएफसी यू २३ च्याम्पियनसिपका लागि नेपाली टोलीको कप्तानी राष्ट्रिय टोलीको फरवार्ड बिमल घर्ति मगरले सम्हाल्ने प्रबल सम्भावना रहेको छ। संयुक्त अरब इमिरेट्स (युएइ)मा आयोजना हुने यू २३ को छनोट चरणका लागि युवा टोलीले पछिल्लो सातादेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षणमा गर्दै आएको छ।
राजु काजी शाक्यको प्रशिक्षकत्वमा २८ सदस्यीय प्रारम्भिक टोलीले अब अर्को सातासम्म प्रशिक्षण गर्नेछ। छनोट चरणको तयारीका लागि एन्फाले असार २७ गते बंगलादेशको टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ। प्रशिक्षक शाक्यले त्यस अघिनै लागि अन्तिम टोलीको छनोट गरिसक्ने बताएका छन्।
यद्दपी टोलीको कप्तानको टुङ्गो भने अझैसम्म लाग्न सकेको छैन। प्रशिक्षक शाक्यले भने अन्तर्राष्ट्रिय अनुभव र सिनियर भएको हिसाबले विमलले कप्तानी पाउने प्रबल सम्भावना रहेको बताएका छन्।
‘हाल टोलीमा रहेका खेलाडीमध्य बिमल सबैभन्दा अनुभवी खेलाडी हुन्। उनले सबैभन्दा पहिला राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। उनले यसअघि पनि उमेर समूहको प्रतियोगिताहरुमा टोलीको नेतृत्व सम्हालिसकेका छन्। त्यसैले उनको सम्भावना बढी छ।’
विमल युवा टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन् । दुइ बर्षअघि नेपालले उनकै कप्तानीमा घरेलु मैदानमा साफ यू १९ च्याम्पियनसिपको उपाधि जितेको थियो। त्यसअघि नेपालले एएफसी यू१६ च्याम्पियनसिपको अन्तिम चरणमा सहभागिता जनाउँदा पनि बिमलले टोलीको कप्तानी गरेका थिए।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]