8 years ago
June 20, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अमेरिकाको अलस्कास्थित डेनाली हिमालको आरोहण गर्ने क्रममा ज्यान गुमाएका आरोही सञ्जय पण्डितको निधनमा खेलाडीहरुको छाता संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गहिरो दुःख व्यक्त गरेको छ ।
‘पण्डितको निधनले खेलाडी संघका साथै सम्पूर्ण खेल क्षेत्र स्तब्ध बनेको छ । उनको निधनमा खेलाडी संघ गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछ ’ खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले विज्ञप्ति जारी गर्दै भनेका छन् । साथै खेलाडी संघले शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।
पण्डितको गत शुक्रबार ६ हजार १ सय ९० मिटर अग्लो डेनाली हिमाल ओरोहण गर्ने क्रममा ‘हाइ अल्टिच्यूट सिक्नेस’ का कारण निधन भएको थियो । प्युठानका २९ वर्षीय पण्डितले विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै विश्वका विभिन्न देशका अग्लो हिमालको सफल आरोहण गरिसकेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]