default_image

8 years ago

June 11, 2017

यमनको राष्ट्रिय टोली नेपाल आइपुग्यो

102 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट अन्तर्गत समूह चरणको दोश्रो खेल खेल्न यमनको राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेको छ। नेपाल र यमनबीच जेठ ३० गते हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा खेल हुँदैछ।

यमनको टोली दिनको २:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। ओमान एअरलाइन्सको विमानमा टोलीले नेपाल आइपुगेको हो।

इथियोपियन प्रशिक्षक अब्रहाम मेब्राटूको नेतृत्वमा नेपाल आइपुगेको टोलीले भोलि दिनको ३ बजे औपचारिक प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ। नेपाली टोलीले पछिल्लो २ दिनदेखि दशरथ रंगशालाको घाँसे मैदानमा प्रशिक्षण गर्दै आएको छ।

 

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.