8 years ago
May 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)– जर्मनीको डस्सल जारी अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ (आइटिटिएफ) को साधारण सभामा बुधबार नेपाली टेबल टेनिसको चर्चा भएको छ ।
यसपटकको आइटिटिएफको प्रतिवेदनमा नेपालमा सञ्चालन भइरहेको युनाइटेड नेसन डेभलप्मेन्ट अफ स्पोर्टस परियोजना अन्तर्गत पारा टेबल टेनिसका बारेमा प्रकाशित गरिएको छ । हनुमान ढोकामा पारा एथलिटहरुको टेबल टेनिस खेलिरहेको तस्बिर प्रतिवेदनको मुख्य पृष्ठमा प्रकाशित गरिएको छ ।
सोही अवसरमा नेपालमा गरेको कामको उच्च मुल्याङन गर्दै युएनले आइटिटिएफलाई युनएन स्पोर्टस पिस अवार्ड प्रदान गरेको सभामा भाग लिइरहेको अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले हाम्रो खेलकुद डटकमलाई टेलिफोनमार्फत जानकारी दिए । ‘यो सभामा विश्वभरका ३ सय ६० जनाको सहभागिता छ,’ राजवैद्यले भने,‘यस्तोमा नेपालमा गरेको कामका आधारमा आइटिटिएफले अवार्ड पाउँदा गर्व लागेको छ । त्यसमा हाम्रो कामको पनि मुल्याङकन भएको ठानेको छु ।’
सोही अवसरमा आइटिटिएफका अध्यक्ष थोमस वेयकटले २०७२ बैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पपछि सुरु गरिएको परियोजनाको चर्चा गरेका थिए । १ लाख ५० हजार अमेरिकी डलरको उक्त परियोजना नेपालका ६ स्थानमा सञ्चालन भइरहेको छ ।
आइटिटिएफको साधारण सभामा भाग लिदै अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य ।
काठमाडौं, जोरपाटी, दाङ, पोखरा र विराटनगरका सय बढी पारा एथलिटलाई टेबल टेनिसको प्रशिक्षण दिइदै आएको छ । पारा एथलिटलाई टेबल टेनिस प्रशिक्षकका आत्मनिर्भर बनाउने योजना परियोजनाको रहेको छ । परियोजना अझै डेढ बर्ष बाँकी रहेको राजवैद्यले जानकारी दिए ।
आजै आइटिटिएफको नयाँ अध्यक्षका लागि समेत निर्वाचन सम्पन्न भएको उनले जानकारी दिए । डस्सलमा जारी च्याम्पियनसिपमा नेपाली ४ खेलाडीले पनि भाग लिइरहेका छन् ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]