8 years ago
May 3, 2017
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली किक बक्सिङ टोलीले तुर्केमिनीस्तानमा भएको वाको एसियन किक बक्सिङ च्याम्पियनसपिमा दुई पदक जितेका छन् ।
तुर्केमिनिस्तानको आस्कावादमा भएको च्याम्पियनसिपको पुरुष ७१ केजीमा नेपालका दिवस श्रेष्ठले रजत र ७४केजीमा निकेश श्रेष्ठले कास्य पदक दिलाए । गत अप्रील २२ देखी ३० तारिखसम्म भएको खेलमा दिवसले क्वाटरफाइनलमा काजकिस्तान र सेमिफाइनलमा चाइनिज ताइपेईका खेलाडीलाई हराउँदै फाइनलको यात्रा तय गरेका थिए । तर फाइनलमा आयोजक तुर्केमिनिस्तानका खेलाडीसँग तीन राउन्डको खेलमा अंकको आधारमा पराजित भएपछि दिवसले रजत पदकमै चित्त बुझाए ।
त्यस्तै ७४ केजीमा निकेशले क्वाटरफाइनलमा तुर्केमिनिस्तानका खेलाडीलाई हराउदै सेमीफाइनलको यात्रा तय गरे । यद्यपी ताजकिस्तानसँगको सेमिफाइनलमा तीन राउन्डसम्म खेल बराबरी भयो । थप गरिएको अतिरिक्त समयमा भने निकेश पराजित भएपछि कांस्यमै सिमीत भए । पुरुषकै ६९ केजी तौलको क्वाटरफाइनलमा राजुराज शाही आयोजकका खेलाडीसँग पराजित भएपछि पदक विहिन भए ।
त्यसअघि राजुराज पहिलो खेल जितेर अन्तिम आठको यात्रा तय गरेका थिए । पदक विजेता खेलाडी बुधबार नेपाल आइपुगेका छन् । खेलाडीलाई नेपाल किक बक्सिङ संघका महासचिव दिपक श्रेष्ठ,पदाधिकारी,रेक्स फेसन होम र खेलाडीले बुधवार अन्तर्राष्ट्रिय एयरपोर्टमा भब्य स्वागत गरे । उक्त प्रतियोगितामा कुल १९ राष्ट्रको सहभागीता रहेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]