default_image

8 years ago

May 2, 2017

दक्षिण एसियाली योग हुने

77 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल योग खेलकुद संघको आयोजनामा प्रथम दक्षिण एसियाली योग खेलकुद च्याम्पियनसिप बैशाख २३ गतेदेखि हुने भएको छ ।

आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी सो बारे जानकारी गरायो । च्याम्पियनसिपमा ८ देखि १२ वर्षसम्म, १२ देखि १४ वर्षसम्म, १४ देखि १८ वर्षसम्म तथा १८ देखि ३५ वर्षसम्म समूह निर्धारण गरी प्रतिस्पर्धा गराइने आयोजक संघका अध्यक्ष प्रा.डा. सूर्यबहादुर कार्कीले जानकारी दिए ।

व्यक्तिगत रुपमा पनि सहभागी हुन पाउने व्यवस्था छ । चारदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा हुनेछ ।

January 16, 2025

दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

काठमाडौं (हाम्रो खेलकुद)- कर्णालीमा चैतमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको १ सय १९ औं बोर्डले दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गरेको राखेपले जनाएको छ। सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा बसेको बैठकले लोगो र मस्कट […]

January 14, 2025

बिबिसीलाई भेट्रान फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे । उपाधिसंगै बिबिसीले […]

January 14, 2025

सरस्वती र प्रतिभा एभरेस्ट ग्लोबलको ब्रान्ड एम्वासडर

सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]

Success

Thank you for your time.