8 years ago
April 29, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिङ्गल्सको उपाधि संरक्षकभूषण वज्राचार्य र इरा रावतले जितेका छन्।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको पुरुष फाइनलमा डिफेन्डिङ च्याम्पियन संरक्षकले जितेन्द्र परियारलाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरे । नयाँ च्याम्पियन बन्ने क्रममा इराले महिलाको उपाधि भिडन्तमा माहिका राणालाई ६–२, ५–७ र ६–३ को सेटमा हराइन् । दुवै समूहमा पहिलो र दोश्रो हुनेले क्रमशः ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा सञ्जय अमात्य र धर्मरत्न शाहीको जोडी पहिलो भए । उक्त जोडी राजु क्षेत्री र डेगेन्द्र श्रेष्ठको जोडीबाट वाकओभर पाए । विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय नगद हात पारे ।
नगद ३ लाख २१ हजार र गिफ्ट ह्याम्पर ६४ हजार गरी कुल ३ लाख ८५ हजार पुरस्कारको साताव्यापी प्रतियोगितामा २ सय ५२ खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । भेट्रान ५५ वर्षमाथि सिंगल्स÷डबल्स तथा ६५ वर्षमाथि बाहेक सबै स्पर्धामा नगद पुरस्कारको व्यवस्था थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]