default_image

8 years ago

April 29, 2017

गुरु र पल्लवीले जिते दक्षिण एशियाली ट्रायथलन

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं दक्षिण एशियाली ट्रायथलन च्याम्पियनसिप – २०१७ को उपाधि भारतका गुरुदत्त र पल्लवी रेतिवालाले जितेका छन् । पर्यटकीय नगरी पोखरामा शनिबार भएको च्याम्पियनसिपमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) का गोलमेडलिष्ट भारतका दिलिप कुमारलाई पछि पार्दै उपाधि जितेका हुन् ।

गुरुदत्तले स्प्रिन्टको ७५० मिटर पौडी, १० कि.मि. साईक्लिङ र ५ किमि दौड ५४ मिनेट ५१ सेकेन्डमा पुरा गरे । दोस्रो भएका दिलिपले ५५ मिनेट ५९ सेकेन्डमा दूरी पुरा गरे । तेस्रो स्थानमा आएका नेपालका बशन्त थारुले दूरी ५६ मिनट १२ सेकेन्डमा पुरा गरे । महिलातर्फको प्रतिस्पर्धामा १२ औं दक्षिण एशियाली खेलकुदकी स्वर्ण धारी पल्लली रेतिवालाले १ घन्टा १ मिनेट ३ सेकेन्डमा दुरी पूरा गरिन् । दोस्रो भएकी नेपालकी सोनी गुरुङले १ घन्टा ६ मिनेट २ सेकेन्डमा पुरा गरिन् । १२ औं दक्षिण एशियाली खेलकुदमा तेस्रो स्थान हात पार्न सफल रोजा केसी १ घन्टा ८ मिनट ४ सेकेन्डमा पुरा गर्दै तेस्रो नै भईन् ।

यस्तै छैटौं राष्ट्रिय ट्रायथलन प्रतियोगितामा नेपाल आर्मीले पुरुष तर्फको तीनै स्थान हात पारे । सेनाका बशन्त थारुले ५६ मिनेट १२ सेकेन्डमा साथ स्वर्णपदक प्राप्त गरे । दोस्रो स्थानमा रहेका हिमाल टमाटाले ५८ मिनट १ सेकेन्ड र तेस्रो स्थानमा रहेका रुद्र कटुवालले ५८ मिनेट ४८ सेकेन्डमा पुरा गरे । महिला तर्फको राष्ट्रिय प्रतिस्पर्धामा एपिएफकी सोनी गुरुङले स्वर्ण जितिन् । उनले १ घन्टा ६ मिनेट २ सेकेन्डमा दूरी पुरा गरिन् । दोस्रो स्थानमा रहेकी रोजाले १ घन्टा ८ मिनट ४ सेकेन्डमा दूर िपुरा गरिन् भने सेनाकी यम कुमारी भुजेलले १ घन्टा १८ मिनट ५९ सेकेन्डमा दूरी पुरा गर्दै तेस्रो भईन् ।

च्याम्पियनसिपको दुवाथलन तर्फको प्रतिस्पर्धामा नेपाली सेनाका मान बहादुर थापाले ५ किमी दौड, २० किमी साईक्लिङ र २.५ किमी दौड १ घन्टा १ मिनट र ३९ सेकेन्डमा पुरा गर्दै स्वर्ण जिते । एपिएफका किरण कुमार मल्लले १ घन्टा ३ मिनट र ४५ सेकेन्डमा साथ रजत र सेनाका अच्युत पराजुलीले १ घन्टा ३ मिनट र ५१ सेकेन्डका साथ कास्य हात पारे । महिलातर्फ आर्मीकी मन्जुकुमारी खड्काले उक्त दूरी १ घन्टा १७ मिनेट ५० सेकेन्डका साथ स्वर्ण र पुष्पाकुमारी भण्डारीले १ घन्टा १८ मिनट २० सेकेन्डका साथ रजत जितिन् । यस्तै जुनियर पुरुषतर्फ काठमाडौंका नितेश मानन्धरले १ घन्टा १ मिनेट र ४१ सेकेन्डका साथ स्वर्ण, देवेश मानन्धरले १ घन्टा २ मिनेट ४३ सेकेन्डका साथ रजत पाए । महिलातर्फ रोजाले १ घन्टा ८ मिनेट ४ सेकेन्डका साथ पहिलो स्थान हात पारिन् ।

च्याम्पियनसिपको उद्घाटन गर्दै मन्त्री श्रीपालीले खेल साहसिक र पर्यटकीय खेलकुद भएको भन्दै पोखरा पर्यटकिय क्षेत्र भएकोले यस पोखरालाई पर्यटकिय साहसिक खेलकुदको क्षेत्र बनाउन सरकारको तर्फबाट आफु लागि पर्ने बताए । उनले विशेषत पोखरालाई ट्रायथलन खेलकुद क्षेत्र बनाउन लागि पर्ने भन्दै निजी क्षेत्रलाई पनि यस क्षेत्रलाई पर्यटकिय खेलकुद क्षेत्र स्थापनको लागि पहल गर्न पर्नेमा जोड दिए । उनले पोखरालाई दक्षिण एशियाली ट्राइयथनल ट्रेनिङ सेन्टर बनाउन पहल गर्ने समेत बताए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.