default_image

8 years ago

April 26, 2017

पोखराका रञ्जितले जिते खेलकुद फोटो पत्रकारिता अवार्ड

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पोखरा १० का सुदर्शन रञ्जितले एनएफपिजे ग्रेस इन्टरनेसनल खेलकुद फोटो पत्रकारिता अवार्ड जितेका छन् । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले बुधबार पहिलो पटक आयोजना गरेको फोटो कनर्सन राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३ अन्तर्गत रञ्जितले खेलकुद फोटो पत्रकारिता अवार्ड जितेका हुन् ।

ग्रेस इन्टरनेसनलले प्रायोजन गरेको अवार्डसहित उनले २५ हजार रुपैयाँ प्राप्त गरे । पोखरामा केही महिनाअघि भएको भेट्रान्स फुटबल प्रतियोगिताको रञ्जितले खिचेको तस्बिरले अवार्ड प्राप्त गरेको थियो । अवार्डका लागि पाँच जनाको फोटो मनोयनमा परेको थियो । एनएफपिजेले खेलकुद, राजनीति, लाइभटाइम र अन्य गरि १३ विधामा अवार्ड प्रदान गरेको थियो ।

दुई दशकदेखि मोफसलमा स्वतन्त्र खेलकुद फोटो पत्रकारिता गर्दै आएका ५४ बर्षे रञ्जितले अवार्ड जितेकामा खुसी व्यक्त गर्दै भने,‘एक त मोफसलमा खेलकुद गतिविधि नै कम हुन्छन् । त्यसमा पनि खेलकुद फोटो पत्रकारिता गर्नेको संख्या स्वभाविक रुपमा कम हुन्छ नै । त्यस्तो अवस्थाबाट पनि म अवार्ड जित्न सफल भएकोमा खुसी लाग्छ नै । तर, मेरो फोटो पत्रकारितालाई स्थानिय र राष्ट्रियस्तरका सञ्चारमाध्यमले स्थान दिनु भएकाले सहज भएको हो । यो सफलतामा सञ्चारकर्मी साथीहरुको त्यति नै ठूलो साथ रहेको छ , परिवारले पनि मेरो काममा सहयोगी भूमिका निर्वाह गर्दै आएको छ । ’

आफुले जितेको अवार्डले नयाँ पुस्तामा पनि सकारात्मक सन्देश जाने रञ्जितको विश्वास छ । उनले थपे,‘राजधानी बाहिर पनि राम्रो काम गर्ने फोटो पत्रकार छन् भन्ने सन्देश जानेछ । यसले नयाँ भाईबहिनीलाई पनि प्रेरणा मिल्नेछ ।’

रञ्जितले एकदशक अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को अवार्ड पनि जिति सकेका छन् । माच्छापुच्छ«े हिमालन पृष्ठ भूमिमा रहेकाले पोखरा मैदानमा बालकहरुले क्रिकेट खेलिरहेको रञ्जितको फोटाले आइसिसी डेभलपिङ अवार्ड जितेको थियो । यसअघि एनएफपिजेले पनि उनलाई सम्मान गरेको थियो ।  एनएफपिजेले हरेक बर्ष अवार्डको आयोजना गर्ने कोषाध्यक्ष तेजबहादुर बस्नेतले जानकारी दिए ।

 

सुदर्शन रञ्जितले खिचेको अवार्ड विजेता तस्बिर ।

 

ग्रेस इन्टरनेसनलले प्रायोजन गरेको अवार्डसहित उनले २५ हजार रुपैयाँ प्राप्त गरे ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.