default_image

8 years ago

April 26, 2017

बक्सिङ टोली उज्बेकिस्तान जाने

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसियन बक्सिङ कन्फेडेरेसनको आयोजनामा हुने एएसबीसी एलाईट बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाली राष्ट्रिय बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान गर्ने भएको छ।

च्याम्पियनसिप आगामी अप्रिल ३० देखि मे ८ सम्म हुनेछ । दुई सदस्यीय नेपाली टिमको नेतृत्व नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले गर्नेछन् । पुरन राईले ५६ केजी र दिपक श्रेष्ठले ६४ केजी तौल समूहमा नेपालको चुनौती पेश गर्नेछन् । टिम प्रशिक्षकमा बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर, संघको प्रतिनिधित्व गदै मानार्थ आजिवन अध्यक्ष विष्णु गोपाल श्रेष्ठ र ब्यवस्थापकमा संघका कोषाध्यक्ष गौतम सुजखु पनि उज्बेकिस्तानको तास्केन्ट प्रस्थान गर्नेछन् ।

उक्त च्याम्पियनसिप आगामी सेप्टेम्बरमा जर्मनीमा हुने एआइबीए वल्र्ड बक्सिङ च्याम्पियनसिप २०१७ को क्वालिफाइङ खेल समेत हो । यस प्रतियोगितामार्फत एक तौल समुहमा ६ खेलाडी छनोट हुनेछन् । दिपक भारतमा सम्पन्न १२औँ सागका कांस्य विजेता समेत हुन् । एक महिनाअघि थाईल्यान्डमा भएको अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा समेत दिपकले प्रतिस्पर्धा गरेका थिए । सो अवसरमा राखेप सदस्यसचिव विष्टले बक्सिङ खेल राष्ट्रले पनि पदकको सम्भावनाको हिसावले उच्च प्राथमिकता साथ अगाडी बढाइरहेकाले अवस्था खेलाडी र संघबाट पनि महत्वपुर्ण नतिजा आशा गरिरहेको बताए । सदस्य सचिव विष्टले पदक हासिल गर्न नसकेपनि प्रदर्शनको हिसावले सुधारन्मुख खेल प्रदर्शन गर्न सुझाव दिए ।

यस्तै सदस्य–सचिव बिष्टले बक्सिङको एकेडेमी निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । नेपाल बक्सिङ संघका सदस्य ओमनारयण श्रेष्ठले एकेडेमी निर्माणका लागि ५ लाख रुपैया दिने घोषणा गरे । उनले खेलाडी प्रोत्साहनका लागि प्रत्येक बाउट बिजेतालाई २५ हजार र छनोट भएको खण्डमा ५० हजार नगद दिने घोषणा समेत गरे । त्यस्तै संघका मानार्थ आजिवन अध्यक्ष श्रेष्ठले खेलकुदमा ऐतिहासिक धरोहर बोकेको बक्सिङ खेल एकजुट भएर अगाडी बढ्नु पर्ने आवश्यकता औल्याए । बिदाई कार्यक्रममा खेलाडी प्रोत्साहनका लागि मानार्थ आजिवन अध्यक्ष विष्णुगोपाल श्रेष्ठ र अध्यक्ष अवालेले प्रतियोगिताका दौरान खेलाडीले एक बाउट जितेमा ५० हजार र छनोट भएको खण्डमा १ लाख दिने घोषणा गरे । त्यस्तै संघका पुर्व महासचिव दिपक गुरुङले खेलाडीले ३ राउण्ड मात्र पुरा गरेको खण्डमा २० हजार नगदले सम्मान गर्ने बताए ।

नेपाली राष्ट्रिय बक्सिङ टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशव कुमार विष्ट, बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसी, राखेप तालिम तथा प्रशिक्षण विभाग प्रमुख नविन उप्रेती र सघंका पुर्व महासचिव दिपक गुरुङ लगायतले बिदाई गरे। टोली बिहिबार त्यसतर्फ प्रस्थान गर्दैछ।

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

Success

Thank you for your time.