8 years ago
April 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ३६ वर्षपछि एसियाली स्क्वास च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । नेपालले १९८१ पछि पहिलोपल्ट प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।
पाकिस्तानको कराँचीमा त्यत्ति खेर भएको उक्त प्रतियोगितामा सञ्जिव राजभण्डारी, अनिल सिंह र सत्य नारायणले प्रतिस्पर्धा गरेका थिए । अप्रिल २६ देखि ३० तारिखसम्म हुने च्याम्पियनसिपको १९ औं संस्करणमा दुई पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । भारतको चेन्नइमा हुने प्रतियोगितामा अमृत थापा र अरहान्तकेशर सिंहले सिंगल्स स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
सातौं राष्ट्रिय खेलकुदको प्रशर्दनका आधारमा खेलाडी छनोट गरिएको नेपाल स्क्वास ¥याकेट्स संघका महासचिव सुरेश गुरुङले जनाएका छन् । सातौंमा अमृत पहिलो र अरहान्त दोश्रो भएका थिए । अफिसियलमा संघका प्रमुख सल्लाहकार कविर चित्रकार छन् । प्रतियोगितामा १७ राष्ट्रको सहभागिता रहने बताइएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच सोमबार बिदाइ गरे । भारतीय स्क्वास ¥याकेट्स महासंघको आयोजनामा हुन लागेको प्रतियोगितामा सहभागी हुन टोली मंगलबार चेन्नइ प्रस्थान गर्दैछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]