8 years ago
April 21, 2017
पोखरा (हाम्रो खेलकुद) – तेज गुरुङ नेपाल भुतपूर्व खेलाडी मंचको नयाँ अध्यक्षमा निर्वाचित भएका छन् । मञ्चको शुक्रबार सम्पन्न पाँचौ अधिवेशनले गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको छ । नेपाल ओलोम्पिक कमिटीका सदस्य गुरुङ नेपाल ह्याण्डबल संघका अध्यक्ष हुन् । यस अघि उनी मञ्चको प्रथम उपाध्यक्ष थिए । अधिवेशनले खेम गुरुङलाई महासचिवमा निर्वाचित गरेको छ ।
अधिवेशनले मंचको प्रथम उपाध्यक्षमा हरी प्रसाद पराजुली, द्वितिय उपाध्यक्षमा दिल वहादुर गुरुङ, सचिवमा कृष्ण तिमिल्सिना, कोषाध्यक्षमा मञ्जुलमान श्रेष्ठ, सह–कोषाध्यक्षमा महेश पौडेल चयन भए । सदस्यहरुमा दिनेश श्रेष्ठ, केशव पाठक, जुम गुरुङ, तिलक केसी, विश्व तञ्डुकार, योगेन्द्र बस्नेत, ओम बहादुर गुरुङ, हरी बहादुर वरुवाल, हरीश्वर पोख्रेल, भरत कुमार आले र पुष्पा श्रेष्ठ छन् ।
त्यसअघि पश्चिम पृतना उपरथी जगदिश चन्द्र पोखरेलले अधिवेशन उद्घाटन गरेका थिए । मंचका निवर्तमान अध्यक्ष खड्ग रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमलाई एन.आर.एन युकेका अध्यक्ष मुछेत्र गुरुङले अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।
मञ्चले पोखरामा हरेक वर्ष अन्तराष्ट्रिय पोखरा म्याराथनलाई आयोजना गर्दै आइरहेको छ । मञ्चले पोखरा रंगशालाको पर्खाल निर्माण गरि रंगशाला संरक्षणको अग्रसरता लिएको थियो । पूर्व खेलाडीहरुको संस्थाको रुपमा परिचित भूतपूर्व खेलाडी मंचमा २ सय जना अजिवन सदस्य रहेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]