default_image

8 years ago

April 20, 2017

दोस्रो टान–लाङटाङ म्याराथनको तयारी पूरा

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान)को आयोजनामा हुने दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको तयारी पुरा भएको छ।

विानशकारी भूकम्प गएको दिन बैशाख १२ गते हुने म्याराथनको सबै तयारी पूरा भएको आयोजक टानले बिहिबार पत्रकार सम्मेलनमार्फत जानकारी गरायो। म्याराथन भूकम्प प्रभावित जिल्ला रसुवाको लाङटाङ क्षेत्रमा हुनेछ। टानले अघिल्लो वर्ष गोसाईकुण्डबाट सदरमुकाम धुन्चेसम्म हाफ म्याराथन आयोजना गरेको थियो।

प्रतियोगिता महिला र पुरुष दुई समुहमा सञ्चालन हुनेछ। दुवैतर्फका विजेताले १ लाख रुपैयासहित मेडल, प्रमाणपत्र पाउनेछन् । यस्तै दुवैतर्फका दोस्रो र तेस्रो हुनेले क्रमश ७५ हजार र ५० हजार प्राप्त गर्नेछ । म्याराथनमा करिब एक सय भन्दा बढि खेलाडीले सहभागिता जनाउने टानका मिडिय अफिसर सुर्यबहादुर घिमिरेले जानकारी गराए ।

३ हजार ८ सय ३० मिटर उचाईमा रहेको क्यान्जिङबाट सुरु हुने म्याराथन लाङटाङ, गाँउ–थाङस्याप–घाडा, तवेला–लामाहोटल–रिम्चे–शेर्पागाँउ–खान्जिम–ब्रिदिम र लिङलिङ हुदै स्याफ्रुबेशीमा आएर टुङ्गिनेछ । प्रतियोगितामा सहभागी हुन नेपाली धावकका लागि १७ सय र विदेशी धावकले ५५ सय शुल्क तोकिएको छ । हालसम्म ८० जना नेपाली खेलाडीको मात्र सहभागिताको आवेदन परेको टानले जनाएको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.