8 years ago
April 19, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एन्फा जिल्ला फुटबल संघ सिन्धुपाल्चोकको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबलमा राइजिङ युथ क्लब र अधेरी युथ क्लबले विजयी सुरुआत गरेका छन् ।
लामोसाँघुमा सुरु भएको प्रतियोगितामा राइजिङ युथले लामोसाँघु फुटबल क्लबलाई ३–१ ले र अर्को खेलमा अधेरी युथले योङ स्पोर्टस क्लबलाई २–१ ले पराजित गरेको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) , सिन्धु विकास बैंक, सुवर्ण निर्माण सेवा र ब्लाक हर्स सुजको सहयोग रहेको जिल्ला लिगमा १२ टोलीको सहभागिता रहेको एन्फा सिन्धुपाल्चोकका अध्यक्ष समेत रहेको एन्फा उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए ।
जिल्ला लिगको विजेताले ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने बताइएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]