8 years ago
April 14, 2017
पोखरा (हाम्रो खेलकुद)– नेपालमै पहिलोपटक पोखरामा सार्वजनिक ठाउँमा स्केटिङ ट्रेनिङ सेन्टर बन्ने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहल र अन्र्तराष्ट्रिय स्केटिङ संघको सहयोगमा पोखरा रंगशालामा ‘पोखरा अन्र्तराष्ट्रिय स्केटिङ पोखरा रंगशालामा ‘पोखरा अन्र्तराष्ट्रिय स्केटिङ ट्रेनिङ सेन्टर’ निर्माण हुन लागेको हो ।
रंगशालाको दक्षिण पश्चिम क्षेत्रमा रहेको आर्चरी मैदान परिसरको पश्चिम पट्टीको ८ सय स्क्वायर क्षेत्रमा स्केटिङ ट्रेनिङ सेन्टर निर्माण सुुरु गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । नेपाली २५ लाख रुपैयाँ खर्चेर स्केटिङ ट्रेनिङ सेन्टर निर्माण गरिने उनले बताए । यो निर्माणको सबै खर्च अन्र्तराष्ट्रिय स्केटिङ संघले बेहोर्ने पौडेलले बताए ।
स्केटिङ पोखरा रंगशालामा ‘पोखरा अन्र्तराष्ट्रिय स्केटिङ ट्रेनिङ सेन्टर’ बन्ने सेन्टर निर्माणका लागि अन्र्तराष्ट्रिय स्केटिङ संघका डाईरेक्टर वेड ट्रिवियनसहितको ३५ जनाको टोली खटिएको छ । निर्माणमा अमेरीका, बेलायत, जापान, डेनमार्कलगायत १२ देशका अन्र्तराष्ट्रिय स्केटिङ संघका प्रतिनिधी खटिएका हुन् । निर्माण सामग्री खरिद गरेपनि म्यानपावर भने उनीहरु आफैले गरिरहेका छन् ।
निर्माणका लागि आवश्यक ईञ्जिनियर, प्राविधिकसहित सबै काम गर्ने जनशक्ति उनीहरु नै हुन् । हाल उनीहरु विहान ७ बजेदेखी अपराह्न ५ बजेसम्म निर्माण कार्यमा खटिरहेका छन् । एक हप्ता अघिदेखी शुरु भएको यो निर्माण कार्य बैशाख १५ गतेसम्ममा निर्माण सम्पन्न हुने अनुमान गरिएको छ । आ–आफ्नो सीप अनुसार माटो खन्ने, सम्याउनेदेखी रड, जाली लगाउनेसम्म उनीहरु आफैले गर्नेगरेका छन् । विहानको खाना, दिउँसो खाजा त्यहीं खाएर काममा जुट्ने उनीहरु राती बास बस्न भने लेकसाईड पुग्नेगरेका छन् ।
अन्र्तराष्ट्रिय स्केटिङ संघले ३ हप्ता भित्रमा ट्रेनिङ सेन्टर बनाएर खेलकुद विकास समितिलाई हस्तान्तरण गर्ने अध्यक्ष खगराज पौडेलले बताए । ट्रेनिङ सेन्टर निर्माण सम्पन्न भएपछि उनीहरुले ३ सय भन्दा बढी स्केट बोर्ड पनि प्रदान गर्नेछ । उनका अनुसार स्केटिङ सिकाउनका लागि अन्र्तराष्ट्रिय स्केटिङ संघले केही अवधीका लागि प्रशिक्षक उपलब्ध गराएर प्रशिक्षण पनि गराउनेछन् ।
स्केटिङ पश्चिमा देशहरुमा लोकप्रिय खेलहरु मध्येमा पर्छ । ओलम्पिक खेलकुदमा भने आगामी सन् २०२० मा हुने प्रतियोगितामा मात्रै यो खेल समावेश गरिदैछ । नेपालमा भने यो खेल खासै लोकप्रिय छैन । सार्बजनिक ठाउँमा पहिलोपटक निर्माण गरिएपनि नीजि क्षेत्रले भने पहिल्यैदेखी ¥याम बनाएर खेल्ने/खेलाउने गरेका छन् । पोखराको लेकसाईडमा स्थानिय रामचन्द्र कोइरालाले स्केटिङ ¥याम बनाएर खेल्ने/खेलाउने गरेका छन् । उनै कोइरालामार्फत क्षेत्रीय खेलकुद विकास समितिले सम्पर्क गरेर सहयोग भित्राउन सफल भएको हो ।
पोखरा घुम्न आएका पर्यटकहरु स्केटिङ खेल्न कोइरालाकोमा जाने क्रममा कुराकानी हुँदा उनीहरुले स्केटिङ प्रवद्र्धनका लागि सहयोग गर्ने ईच्छा व्यक्त गरेपछि कोइरालाले क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष पोडेललाई सम्पर्क गराईदिएका थिए । सो क्रममा उनीहरुले स्केटिङ ¥याम बनाईदिने सम्झौता अनुसार काम शुरु गरेको पौडेलले बताए ।
स्केटिङ ¥याम निर्माणसँगै क्षेत्रीय खेलकुद विकास समितिले आगामी प्रतियोगितामा स्केटिङ खेल समावेश गर्ने बताएको छ । समितिका अध्यक्ष पौडेलले क्षेत्रीय प्रतियोगिताको रुपमा खेल शुरु गर्ने र राष्ट्रिय खेलमा पनि समावेश गर्नका लागि पहल गर्ने उनले बताए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]