default_image

8 years ago

April 12, 2017

नेपालगञ्ज महोत्सवमा खेलकुदको चर्चा

106 views

0 Bookmark

नेपालगञ्ज (हाम्रो खेलकुद)– नेपालगञ्जका खेलकर्मीले अहिलेको विद्यमान खेलकुद ऐनमा परिवर्तन नगरी अब नेपाल खेलकुद विकास सम्भव नहुने सुझाव दिएका छन् ।
नेपालगञ्ज लिट्रेचर फेस्टिबलको तेस्रो दिन मंगलबार राखिएको खेलकुद र राजनीतिक विषय अन्तरक्रियामा यहाँका स्थायी बासिन्दा समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य विनोद मैनाली, मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओली, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्री र राष्ट्रिय महिला क्रिकेट टोलीका पूर्व कप्तान ममता थापाले भाग लिएका थिए ।


नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत रहेका नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रिय महासचिव प्रकाश तिमल्सिनाले संयोजन गरेको अन्तरक्रियामा राखेप सदस्य मैनालीले राखेप सदस्य सचिवमा असिमित अधिकारी रहेका कारण पनि खेलकुदमा समस्या आएको बताएका थिए ।

नेपालमा पछिल्लो सयम क्रिकेटमा विवाद हुनुका एउटा कारण राखेप रहेको पनि उनले स्वीकारे । उनले भने,‘सबै प्रक्रिया पुरा गरेर सम्पन्न भएको निर्वचन समेत नमान्ने परिस्थित बन्यो । त्यसले नेपाली क्रिकेटलाई थप अन्योलमा पुर्यायो । ’ आन्तरिक विवादलाई कारण देखाउँदै नेपाल आइसिसीले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको छ । मैनाली निर्वाचित क्यानका उपाध्यक्ष समेत हुन् ।
पूर्व कप्तान एलबी क्षेत्रीले २०४८ कै खेलकुद ऐनका आधारमा नेपालको खेलको विकास सम्भव नभएकोमा जोड दिदै भने,‘समय धेरै अघि बढि सकेको तर नेपालको खेलकुद ऐन त्यहि रहेको छ । समय सापेक्ष यसको परिवर्तन आवश्यक छ । ’ झन्डै दशकअघि नेपालगञ्जमा महिला क्रिकेट सुरुआत गर्ने अभियन्ताका रुपमा समेत रहेका क्षेत्रीले भौतिक पूर्वाधारको अभाव र खेलाडी उत्पादनमा ध्यान नदिएको अहिलेको अवस्थाले निरन्तरता पाएको खण्डमा नेपाली खेलकुद थप कमजोर बन्ने बताए ।
महिला टोलीकी पूर्व उपकप्तान ममताले खेलाडीको भविष्य सुनिश्चित नभएकै कारण पनि नयाँ खेलाडी आउन कठिन भइरहेको अनुभव सुनाइन् । ‘हामले एउटा उस्ताहका साथ क्रिकेट खेल्यौं । अन्तर्राष्ट्रिय स्तरमा सफलता पनि प्राप्त गर्यो ’ उनले स्मरण गरिन् ‘झन्डै दस बर्षअघि हामीले एससीमा प्रतिस्पर्धा गर्दा उपविजेता बनेका थियौं, बंगलादेश विजेता बनेको थियो । हामी त्यति बेला हङकङलाई हराउथ्यौं अहिले हामीले जित्न सकेका छैनौं । अन्य देशले प्रगती गर्दै गए तर हामी ओरालो लाग्दै गयौं । म सधै क्रिकेटमै रहन चाहन्छु तर त्यो वातवरण छैन । ’

अहिले सञ्चारकर्मीका रुपमा समेत क्रियासिल थापाले अर्को एक पं्रसगमा भनिन्, ‘मलाई एकजनाले व्यङ् गर्दै भनेका थिए । पुरुष क्रिकेटरहरु फेसबुकमा धेरै एक्टिभ छैनन् । महिला क्रिकेटर हरेक दिने फेसबुकमा फोटो अपलोड गर्दछन् भन्दा मैले केटाहरुलाई प्रतियोगिता खेलेर भ्याई नभाई छ हामीलाई फुर्सद नै फुर्सद छ भनेर जवाफ दिए । तर, त्यो महिला क्रिकेट नहुनुको एउटा पीडा पनि थियो ।’

क्षेखेविसका अध्यक्ष ओलीले राजनीतिमार्फत खेलकुदमा आउनु र खेलकुदमा आएपछि राजनीति गर्नु फरक भएको जनाउँदै भने,‘हामी दुई बर्षदेखि नेतृत्वमा रहँदा आग्रहका आधारमा काम गरको छैनौं । यहाँका खेलकर्मीसँग बुझ्दा पनि त्यो थाहा हुन्छ ।’ तर केन्द्रियस्तरमा राजनीतिकको असर खेलकुदमा परेको विषयलाई भने उनले अस्वीकार गरेनन् । उनले भने, ‘कतिपय अवस्थामा राजनीतिक आग्रहको आधारमा भएको देखिन्छ । तर राजनीतिका माध्यमबाट खेलकुदमा प्रवेश गरेपनि यसुलाई साझा थलोको रुपमा हेरिनुपर्छ । आग्रहका आधारमा काम गर्नु हुँदैन ।’

ओलीले देश नयाँ संविधान अनुसार प्रदेशको अवधारणामा अघि बढी सकेकोले खेलकुद पनि स्वतः त्यही ढाँचामा जाने निश्चित भएको तर्क गर्दै भने, ‘तर अबको खेलकुद कस्तो हुने भन्ने खाका तयार भएको छ भन्ने सुनिएको छ, तर त्यो हामीले देखेका छैनौं र हामीसँग त्यो विषयमा छलफल पनि भएको छैन । माथि माथिबाट मात्रै बनाउने खाकाले समग्र देशको खेलकुद विकास हुनेमा शंका छ । त्यसको मतलब हामी परिवर्तन चाहदैनौं भन्ने होइन । ’

प्रजातन्त्र प्राप्तीपछिको दुई दशकभन्दा लामो समय राजनीतिक आस्थाकै आधारमा राखेपमा नियुक्त हुने परम्परा रहि आएको छ । तर, यसले सोचे अनुरुपको सफलता प्राप्त गर्न नसकेकोमा वक्ताहरु एकमत देखिन्थे । पूर्व कप्तान क्षेत्रीले ११ औं दक्षिण एसियाली खेलकुद (साग) मा पाँचौं स्थानमा रहेको नेपाल १२ औंमा आइपुग्दा छैटौंमा पुगेको उदाहरण दिदै भने, ‘ त्यो पाँच बर्षमा अफगानिस्तान छैटौंबाट चौथो स्थानमा उक्लियो । हामी अझै तल झरयौं । यहाँबाट पनि प्रष्ट हुन्छ हाम्रो खेलकुद कसरी अघि बढेको छ ।’

क्षेखेविसका अध्यक्ष ओलीले फेस्टिबलमा उपस्थित पत्रकार र लेखकहरुलाई खेलकुदलाई पनि आफ्नो लेखनको विषय बनाइदिन आग्रह गरेका थिए । उनले नेपालगञ्जलाई खेलाडीको सहरका रुपमा पुनस्थापित गर्न आफ्नो तहबाट पुरै प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे । राखेप सदस्य मैनालीले अहिलेको अवस्थामा खेलकुदलाई अघि बढाउन राजनीतिक आग्रह भन्दा पनि विधि र प्रक्रियालाई स्थापित गर्नुपर्नेमा जोड दिए ।

फेस्टिबललाई विविधता दिनका लागि साहित्यसँग खेलकुद, पर्यटन, सिनेमा लगायतका विषयलाई समेट्ने प्रयास गरिएको आयोजक क्रियटिभ्स ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीले बताए । पहिलो पटक फेस्टिबलबाट हौसिएका ठकुरीले भने, ‘आयोजना गर्न सहज छैन ।

तर हामी उत्साहित छौं । यसले एउटा सिलसिलाको सुरुआत गरेको छ । हामी यसलाई हरेक बर्ष आयोजना गर्ने लग्छ राखेका छौं । ’ लिस्ट्रेचर फेस्टिबलपछि बुधबारबाट फिल्म फेस्टिबल सुरु भएको छ । कलाकार राजेश हमालले उद्घाटन गर्ने फेस्टिबल बिहीबार सम्म चल्ने छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.