8 years ago
April 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भारतको डुलियाजान क्लबले शनिबारको मैत्रीपूर्ण बेसबल पाँच इनिङ खेलमा नेपालको द गुर्खा क्रिउ क्लब बेसबल लाई ४–१ रनले हराएको छ । जावलाखेल मैदानमा भएको खेलमा डुलियानका लागि रवि सिंहले २ , सिद्धान्त यादव र सहिद अख्त हुसेनले समान १ रन बनाए ।
नेपालका लागि सुमन कुमालले १ रन बनाएको आयोजक द गुर्खा क्रिउ क्लब बेस बलका अध्यक्ष दिनेश बजगाईले जानकारी दिए । बजाईका अनुसार दुई देशबीचको क्लबबीच पहिलो पटक मैत्रीपूर्ण खेल आयोजना गरिएको बताएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य माधव दुलालले मैत्रीपूर्ण खेलको उद्घाटन गरेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]