default_image

8 years ago

April 8, 2017

माईभ्याली गोल्डकपमा आर्मीका विवेक सर्वोत्कृष्ट खेलाडी

117 views

0 Bookmark

दिपक बोहोरा
इलाम – गोलकिपर किशोर गिरीले दुईवटा पेनाल्टी रोकेपछि रमपम झापा ११ ले टुबार्ग माई भ्याली गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । उनले यामाहाको १ सय ५० सिसीको मोटरसाइकल प्राप्त गरेका छन् ।

ठूलो टुडिखेलमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै झापाले उपाधि जितेको हो । सिजनमा झापाको यो दोस्रो उपाधि हो । यसअघि पुसमा झापाले मेची नेत्रालय काँकरभिट्टा गोल्ड कपको उपाधि जितेको थियो । झापाले गत बर्ष अर्को विभागिय टोली एपिएफलाई हराउँदै माईभ्याली गोल्ड कप लगातार दोस्रो जितेको थियो ।

निर्धारित ९० मिनेट र थप १५ मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । फाइनलमा झापाका गोलकिपर किशोर नायक रहे । उनले आर्मीका जितेन्द्र कार्कीसहित दुई जनाको पेनाल्टी रोकेका थिए ।  सन्तोष फाइनलको म्यान अफ दी म्याच समेत बनेको थिए ।

प्रतियोगिताको व्यक्तिगत पुरस्कार फाइनल पुगेका दुई टोलीका समान ३ जनाले प्राप्त गरेका छन् । फाइनलको टाइब्रेकरमा २ गोल रोकेका झापाका गोलकिपर किशोर गिरी उत्कृष्ट गोलकिपर चुनिए । त्यस्तै सोही क्लबका दिलेन लोक्तान उत्कृष्ट रक्षक र सञ्जय राई उत्कृष्ट प्रशिक्षक चुनिए । आर्मीका सन्तोष तामाङ उत्कृष्ट मिडफिल्डर र टंक बस्नेत उत्कृष्ट फरवार्ड घोषित भए ।

माईभ्याली गोल्ड कपका पुरस्कार
विजेता – रमपम झापा ११ (४ लाख रुपैयाँ)
उपविजेता – त्रिभुवन आर्मी (२ लाख ५० हजार रुपैयाँ)
म्यान अफ दी सिरिज – विवेक बस्नेत (त्रिभुवन आर्मी)
उत्कृष्ट
गोलकिपर – किशोर गिरी (झापा ११)
रक्षक – दिलेन लोक्तान (झापा ११)
मिडफिल्ड – सन्तोष तामाङ (त्रिभुवन आर्मी )
फरवार्ड – टंक बस्नेत (त्रिभुवन आर्मी)
प्रशिक्षक – सञ्जय राई (झापा ११)
सर्वाधिक गोलकर्ता – अभिषेक रिजाल (नेपाल पुलिस)
उदयमान खेलाडी – अभिषेक लिम्बु (माईभ्याली फुटबल क्लब)

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.