8 years ago
April 8, 2017
दिपक बोहोरा
इलाम – गोलकिपर किशोर गिरीले दुईवटा पेनाल्टी रोकेपछि रमपम झापा ११ ले टुबार्ग माई भ्याली गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ठूलो टुडिखेलमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै झापाले उपाधि जितेको हो । सिजनमा झापाको यो दोस्रो उपाधि हो ।
यसअघि पुसमा झापाले मेची नेत्रालय काँकरभिट्टा गोल्ड कपको उपाधि जितेको थियो । झापाले गत बर्ष अर्को विभागिय टोली एपिएफलाई हराउँदै माईभ्याली गोल्ड कप जितेको थियो । निर्धारित ९० मिनेट र थप १५ मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
फाइनलमा झापाका गोलकिपर किशोर नायक रहे । उनले आर्मीका जितेन्द्र कार्कीसहित दुई जनाको पेनाल्टी रोकेका थिए । झापाका लागि रजिन धिमाल, बुद्धच चेम्जोङ। रञ्जित श्रेष्ठ र कर्ण लिम्बुले गोल गरेका थिए । आर्मीका लागि सन्तोष तामाङ र जर्ज प्रिन्स कार्कीमात्र गो गर्न सफल भए । आर्मी फेरी एकपटक फाइनलमा निराश भएको छ । सिजनको नवौं फाइनल खेलेको आर्मीले तीनवटा मात्र उपाधि जितेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]