8 years ago
March 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)- नुवाकोटको कोल्पुटारमा प्रथम झिल्टुंग क्रस कन्ट्री रेस हुने भएको छ । महादेव माध्यमिक विद्यालय कोल्फुटारको आयोजना तथा नेपाल एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा नुवाकोट यही चैत १९ गते शनिबार पहिलोपटक क्रस कन्ट्री रेस हुन लागेको विद्यालयका प्रधानाध्यापक केदार प्रसाद नेपालले आइतबार पत्रबार सम्मेलेनमा जानकारी गराए । रेसमा नेपालका राष्ट्रिय स्तरका धावकहरुले उपस्थिति जनाउने पूर्व एथ्लेट मोहन नेपालले जानकारी गराए ।
क्रस कन्ट्री रेस १३.४ किलोमिटर र ५ किलोमिटरको हुने आयोजकले जानकारी गराएको छ । पुरुष र महिलाले सहभागिता जनाउने छ । ५ किलोमिटर दौडमा विद्यायलस्तरको हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुमार नेपालले जानकारी गराए । नेपाल एथ्लेटिक्स संघका महासचिव सुनिल राजवंशीले नुवाकोटको कोल्फुटार क्रस कन्ट्री रेसका लागि उपयुक्त स्थान भएको बताए । रोड रेस र ट्याक एण्ड फिल्डका थ्रप्रै प्रतियोगिताहरु भैरहेपनि क्रस कन्ट्री रेस निकै कम भैरहेको अवस्थामा आयोजकले प्राथमिकतामा राखेर शुरुवात गर्नु खुशीको कुरा भएको बताए । उनले रेसको स्तर बढ्दै गए यस प्रतियोगितालाई राष्ट्रिय च्याम्पियनसिप नामाकरण समेत गरिने बताए । यस्तै एथ्लेटिक्सका वरिष्ठ प्रशिक्षक तथा एथ्लेटिक्स संघका कोषाध्यक्ष सुशिल नरसिंह राणाले यस्ता खालका प्रतियोगिता आइरहे संघले सदैव सहयोग गर्ने बताए ।
१३.४ किलोमिटरको पुरुष तथा महिलातर्फको विजेताले समान १५ हजार तथा मेडल प्राप्त गर्नेछ । यस्तै दोस्रो देखि छैटो हुनेले क्रमश १० हजार, ५ हजार, ३ हजार, दुई हजार र एक हजार प्राप्त गर्नेछ । ५ किलोमिटरको विजेताले भने मेडल र सर्टिफिकेट मात्र प्राप्त गर्नेछ । रेसमा नेपाली म्याराथनकी कीर्तिमानी खेलाडी कान्छीमाया कोजुले खेलाडीहरुको मोटिभेसनका लागि मात्रै दौडने बताएकी छिन् ।
रेस कोल्फुटारबाट शुरु भएर बेलिनी, राजटार, खड्क छाप, माझा गाँउ, लामाचौर हुदै कोल्फुटारमा आएर सकिनेछ । रेसमा १३.४ किमिमा ६५ भन्दा बढी र स्कुलस्तरीयमा १०० भन्दा बढी प्रतिस्पर्धीको सहभागिता रहने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न २ लाख ५० हजार खर्च हुने अनुमान आयोजकले गरेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]