8 years ago
March 21, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीहरुसंग मंगलबार भेट गरेका छन्। सम्बन्धित खेलका मुख्य प्रशिक्षक, राष्ट्रिय टिम तयारीका प्रशिक्षकलगायतको उपस्थितिमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाडीलाई भेट गरी तालिमका विषयमा सदस्य–सचिव विष्टले जानकारी लिएका थिए।
सो अवसरमा सदस्य–सचिव विष्टले खेलाडीलाई अनुशासनमा विशेष ध्यान दिन सुझाउदै खेल सामाग्रीको गुणस्तरमा राखेपले कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाए।
‘खेलाडीले अनुशासनमा विशेष ध्यान दिन जरुरी छ। यदि खेलाडीले त्यसमा ध्यान नदिएको पाइएमा प्रशिक्षकलाई पनि कार्वाही हुनेछ।’ सदस्य–सचिव विष्टले भने– ‘प्रशिक्षणमा खेलाडीलाई कस्तो सामाग्री खाँचो पर्छ। प्रशिक्षकहरुले विवरण बुझाइ दिनुस्। सामाग्रीमा कुनै ‘कम्प्रोमाइज’ गरिने छैन।’
सदस्य–सचिव विष्टले खेलाडीलाई आ–आफ्नो असन्तुष्टी अन्यत्र नभइ सम्बन्धित निकायमा आएर भन्न आग्रह गर्दै सीमित श्रोतले गर्दा चाहेर पनि खेलाडीलाई भने जस्तो सुविधा दिन नसकेको बताए। उनले सुविधाले मात्र नतिजा हासिल गर्न नसकिने बताउदै त्यसका लागि इच्छाशक्ति पनि आवश्यक रहने धारणा व्यक्त गरे। उनले खेलाडीलाई संघको विवादमा ध्यान नदिइ आफ्नो प्रशिक्षणमा केन्द्रित हुन सुझाउदै दशरथ रंगशालाको भीआईपी प्यारापिट भत्काउने प्रकृयामा रहेकाले खेलाडीको प्रशिक्षणका लागि अन्यत्र उपयुक्त स्थान खोचिने बताए।
फागुन २६ गतेदेखि सुरु राष्ट्रिय टिम तयारीमा हाल विभिन्न ११ खेलका ८३ पुरुष र ७० महिला खेलाडी प्रशिक्षणमा सहभागी छन्। राष्ट्रिय टिम तयारीमा समावेश खेलमा उसु, तेक्वान्दो, कराते, एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, टेबलटेनिस, सुटिङ, ब्याडमिन्टन, आर्चरी र जुडो रहेका छन्।
‘सबै खेलको तयारी हाल उपत्यका केन्द्रित छ,’ राष्ट्रिय टिम तयारीका निर्देशक रिम रानाभाटले जानकारी गराउदै भने, ‘कुस्तीको हकमा सबै खेलाडी तराइकै भएकाले कुस्तीको प्रशिक्षण तराईमै गर्ने सोचमा छौं। त्यसैले कुस्तीको प्रशिक्षण सुरु गरेका छैनौं।’
कुस्तीमा समान ८–८ पुरुष/महिला खेलाडीलाई तयारीमा राखिने छ। रानाभाटले पौडी र ट्रायथलनको प्रशिक्षण पनि चाँडै सुरु गरिने बताउदै खेलाडी संख्या पनि थप हुन सक्ने जानकारी गराए।
सातौं राष्ट्रिय खेलकुद र १२ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रदर्शनका आधारमा खेलाडीलाई राष्ट्रिय टिम तयारीमा सामेल गरिएको हो। विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी २०६९ साल साउनदेखि राष्ट्रिय टिम तयारी थालिएको थियो। पछिल्लोपटक भारतमा भएको १२ औं सागमा सहभागी हुने खेलाडीको बन्द प्रशिक्षणपछि राष्ट्रिय टिम तयारी रोकिएको थियो।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]