8 years ago
March 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– सर्वोच्च अदालतको निर्णयबाट पूर्नस्थापित रुक्म शम्सेर राणा अध्यक्ष रहेको समितिका पदाधिकारी आफैले दुई महिना अघि लगाएको ताला खोलेर पहिलो पटक मंगलबार नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवन भित्र प्रवेश गरेका छन् । राणा नेतृत्वको एनओसीका कार्यवहाक अध्यक्ष किशोरबहादुर सिंहको नेतृत्वमा सातदोबाटोस्थित एनओसी मुख्यालय पुगेको समूहले प्रहरीको रोहबरमा ताला खोलेर भवन भित्र प्रवेश गरेको हो ।
दुई दिन अघि अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ पक्षले ताला भोडेर भित्र पसेको केही समयपछि नै राणा पक्षले पुनः ताला लगाएको थियो । सर्वोच्चको निर्णय कार्यान्वय गर्ने भन्दै पटक माघ १० गते राणा पक्षले एनओसी भवनमा ताला लगाएको थियो ।
कार्यवहाक अध्यक्ष सिंहले बुधबारदेखि भवनमै रहेर दैनिक काम सञ्चालन गर्ने बताए । सिंहले भने ‘भोली प्रहरीको रोहबरमा बाँकी कोठाको ताल्चा खोलेर हामी दैनिक काम सुरु गर्नेछौं ।’
सिंहले आफुहरु भवन भित्र प्रवेश गर्नुलाई सत्यको जितका रुपमा अर्थ लगाएका छन् । गृह मन्त्रालयले चैत ६ गते जिल्ला प्रशासन कार्यालय ललितपुरलाई सर्वोच्चको निर्णय कार्यान्वय गर्न पत्राचार गरेपछि प्रहरीको रोहबरमा राणा पक्षले ताला खोलेको थियो ।
वैधानिकता र अन्तर्राष्ट्रिय मान्यताका नाममा नेपाल ओलम्पिक कमिटी (एनओसी) विवाद नेपालमा पुरानो भैसकेको छ । पछिल्लो एकदशक देखिएको एनओसी विवाद कहिले अलि चर्को त कहिले अलि मथ्थर रहँदै आएको छ ।
२०६७ असोजको सर्वोच्चको निर्णय कार्यान्वयन गराउन भन्दै राणा पक्षले पहल गर्दै आएको थियो । अर्को तर्फ श्रेष्ठ पक्षले भने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मान्यता आफुहरुमा रहेकोले अरुले आफुहरुलाई आधिकारिक भन्नुको कुनै अर्थ नरहेको बताउँदै आएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]