default_image

8 years ago

March 20, 2017

देशभक्त सैनामैना गोल्ड कपको सेमिफाइनलमा, गोर्खा ब्वाइज बाहिरियो

93 views

0 Bookmark

दिपक न्यौपाने
बुटवल – देशभक्त भैरव एफसी सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । साविक विजेता बुटवलको गोर्खा ब्वाइज क्लबलाई सोमबार २–० ले हराउँदै नवलपरासीको देशभक्तले अन्तिम चारको यात्रा पक्का गरेको हो । दुवै गोल रामबहादुर थापाले गरेका थिए ।

deshbhakta

देशभक्त भैरव एफसीका खेलाडी । तस्बिर- दिपक न्यौपाने

२५ औं मिनेट रामले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार सोझै गोलमा परिणत भएको थियो । उनले एकल प्रयासमा अर्को गोल ६१ औं मिनेटमा थपे । राम खेलको म्यान अफ दी म्याच समेत बनेका छन् ।

जनप्रिय स्पोर्टस क्लब देवापारको आयोजनामा रुपन्देहीको सैनामैना वडा नं ७ मा सञ्चालित प्रतियोगितामा मंगलबारको क्वार्टरफाइनलमा कपिलबस्तु जिल्ला फुटबल संघ र फर्साटिकर युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सैनामैना नगरपालीकाको संरक्षणमा सन्चालन जारी प्रतियोगिताको विजेताले १ लाख १७ हजार तथा दोस्रो हुने टोलीले ५८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.