8 years ago
March 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको संघको बैठकले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले आफ्नो नयाँ कार्य समितिलाई पूर्णता प्रदान गरेको छ । २७ सदस्यीय कार्य समितिमा २ उपाध्यक्ष र ५ सदस्यलाई मनोनित गर्दै समितिलाई पूर्णता प्रदान गरेको हो ।
संघको मनोनित उपाध्यक्ष द्वयमा ज्ञानेन्द्र मल्ल (क्रिकेट) र आयशा शाक्य (तेक्वान्दो) रहेका छन् । यस्तै सदस्यहरुमा शिवराम श्रेष्ठ (गल्फ), अनु अधिकारी (कराते), रमेश मगर (जुडो), पुरुषोत्तम बज्राचार्य (टेबलटेनिस) र मुकुन्द्र महर्जन (कराते) रहेका छन् ।यस्तै संघको सोही बैठकले कानुनी सल्लाहकार र प्रेश सल्लाहकारमा भोजानन्द राई र अजय फुयाललाई निरन्तरता दिएकोछ ।
यस अघि फागुन २० गते भएको संघको चौथौं साधारण सभाले दीपक श्रेष्ठको नेतृत्वमा पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, एक सचिव, एक कोषाध्यक्ष र दश सदस्य गरि २० सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]