8 years ago
March 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले प्रवक्ता पवन आचार्यलाई नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनमा एसोसिएट सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । मञ्चको बुधबार सम्पन्न १३ औं साधारण सभाले आचार्यसहित सदस्यका रुपमा अघि सार्ने निर्णय लिएको हो ।
महासंघमा एसोसिएट सदस्यमा २ जना निर्वाचित हुने वैधानिक व्यवस्था छ । लगातार १२ बर्षदेखि महासंघको केन्द्रिय समितिमा मञ्चका सदस्य निर्वाचित हुँदै आएका छन् । कान्तिपुर एफएमका समाचार प्रमुख रहेका आचार्यसहित ८ जनालाई केन्द्रिय सभासद र ११ जनालाई प्रदेश सभासदमा साधारण सभाले निर्विरोध चयन गरेको थियो । अन्य केन्द्रिय सभासद चयन हुनेमा सरिता श्रेष्ठ, सविना कार्की, गोविन्द रेग्मी, प्रज्वल ओली, दुर्गानाथ सुवेदी (देवेन्द्र), राजु घिसिङ तामाङ र अन्जन खड्का छन् ।
त्यस्तै प्रदेश सभासद चयन हुनेमा रितेश रिजाल, कुशल तिमल्सिना, मुना कार्की, अनन्त वाग्ले, सोनिता अर्याल, कमल खत्री, ध्रुबकुमार तुलाधर, अजय फुयाल, निरञ्जन राजवंशी, निरञ्जन अधिकारी र टिएस ठकुरी छन् । साधारण सभाको बन्द सत्र मञ्चका महासचिव प्रकाश तिमल्सिनाले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रज्वल ओलीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई सभाले पारित गरेको थियो ।साथै साधारण सभाले मञ्चका जिल्ला समन्वय शाखा नियमावली र नयाँ सदस्यता नियामावली पनि पारित गरेको थियो ।
त्यसअघि नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले साधारण सभाको उद्घाटन गरेका थिए । अध्यक्ष विष्टले मञ्च महासंघमा आबद्ध एसोसिएट मध्ये अति सक्रिय संस्था भएको दोहोराए । ‘महासंघले धेरै पटक मञ्चसँग सहकार्य गरेको छ’ डा.विष्टले भने, ‘भविष्यमा पनि यो सहकार्य जारी रहनेछ । मञ्च त्यस्तो संस्था हो जसमा पदाधिकारी जो आएपनि सामूहिक नेतृत्वको आधारमा चलेको देख्दा खुसी लाग्छ । अरुले पनि यहाँबाट सिक्ने धेरै विषय छन् । ’
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघका नव निर्वाचित अध्यक्ष दीपक श्रेष्ठले शुभकामना दिदै भविष्यमा पनि मञ्चसँग सहकार्य गर्दै अघि बढ्ने बताए । एआइपिएस एसियाका कोषाध्यक्ष एवंम् मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशीले खेलकुदसँग क्रियासिल सबै संस्थासँग मञ्चले सहकार्य गर्दै आएको स्मरण गरे । मञ्चका अध्यक्ष महेश आचार्यको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]