8 years ago
March 6, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बक्सिङ संघले विद्यालय तहबाटै बक्सिङ खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ सोमबार विद्यालयका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरेको छ । हरेक खेलको सुरुआत विद्यालयबाटै हुनुपर्ने मान्यतासहित संघले सोमबार ललितपुरमा विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुसँग छलफल गरेको थियो ।
संघका अध्यक्ष राम अवालेले विद्यालय खेलकुद हरेक खेलको मेरुदण्ड भएको हुनाले बक्सिङलाई पनि विद्यालय तहबाटै विकास गर्ने लक्ष्यका साथ अन्तरक्रिया आयोजना गरिएको बताए । उनले यो अभियानमा सबै विद्यालयबाट सहयोग पाउने अपेक्षा राखे ।
संघका आजीवन मानार्थ अध्यक्ष विष्णुगोपाल श्रेष्ठले खेलकुदको भविष्य विद्यालयसँग जोडिएको हुँदा हरेक खेलमा विद्यालय खेलकुद अनिवार्य हुनुपर्नेमा जोड दिए । संघका पूर्व अध्यक्ष समेत रहेका ओलम्पियन रविराज थापाले विद्यालयका शिक्षक तथा अभिभावकलाई विश्वास दिलाएमा अभियान सफल हुने बताए । सहभागी विद्यालयका तर्फबाट बोल्दै लिटिल एन्जल स्कुलका प्रिन्सिपल शर्माले संघले सुरु गर्न लागेको अभियान स्वागत योग्य भएको बताउँदै साना उमेरमा सिकेका कुराले हरेक व्यक्तिको भविष्य निधाएरण गर्ने बताए ।
सहभागी विद्यालयका तर्फबाट बोल्दै लिटिल एन्जल स्कुलका प्रिन्सिपल मुकुन्दराज शर्माले संघले सुरु गर्न लागेको अभियान स्वागत योग्य भएको उल्लेख गर्दै साना उमेरमा सिकेका विषयले हरेक व्यक्तिको भविष्य निधाएरण गर्ने बताए । अन्तरक्रिया कार्यक्रममा संघका पूर्व अध्यक्ष उमेश मास्के, संघका बरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर कार्की, उपाध्यक्ष भोजराज सिटौला, पूर्व महासचिव दीपक गुरुङले पनि धारणा राखेका थिए ।
अन्तरक्रियामा युनाइटेड, हरिसिद्धि, एडभान्स एकेडेमी, ज्ञानोदय बालबाटिका, सैनिक आवासीय महाविद्यालय, प्रिमियर इन्टरनेशनल, एभरेष्ट, नेशनल युनाइटेड, पुष्प सदन, लिटिल एन्जल, आइडियल मोडल, भीएस निकेतन, नेपाल प्रहरी, नाइटिङ्गेल, आदर्श कन्या निकेतन, श्रीकुल गरी १७ विद्यालयले बक्सिङ खेल सुरु गर्ने प्रतिवद्धता जनाएका संघले जनाएको छ । अन्तरक्रिया उपत्यकाका ४० विद्यालयको सहभागिता रहेको बताइएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]