default_image

8 years ago

March 6, 2017

पोखरा रंगशालामा ड्राइभिङ्ग सिकाउन खोज्नेलाई खेलाडीले लखेट्ने

122 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– ड्राइभिङ्ग प्रशिक्षणका लागि भन्दै पोखरा रंगशालामा प्रवेश गर्न खोज्ने  यातायतका साधन सहितका केही व्यक्तिलाई खेलाडीहरुले लखेटेका छन् । कास्कीका खेलाडीहरुको नेतृत्वमा करिव २ सय जना खेलाडी र खेलप्रेमीहरुले सोमबार बिहान उनीहरुलाई लखेटेका हुन । ड्राइभिङ्ग सिकाउन प्रवेश गरेकाहरु यातायातका साधन सहित रंगशाला बाट भागेका थिए ।

pokhara-stadium

२१ वर्ष अघि गण्डकी ड्राइभिङ्ग प्रशिक्षण केन्द्रलाई भाडामा उक्त प्रशिक्षण केन्द्रलाई भाडामा दिने सम्झौता गरे पनि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीले सम्झौताको १२ नं वुदा अनुसार उपल्लो निकायले चाहेको बेला सम्झौता रद्द हुने बमोजिम २०७३ माघ १० गते सात दिन भित्र ड्राइभिङ्ग हटाउन जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गरेको थियो ।  सो अनुरुप जिल्ला खेलकुदले हटाए पनि सम्झौता विरुद्ध हटाएको भन्दै उनीहरु जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

कास्की जिल्ला अदालतले २०७३ फागुन १२ गते सो बारे फैसला गर्दै विपक्षी जिल्ला खेलकुदका नाममा स्टे अर्डर जारी गरेको थियो । तर फैसलामा ३० दिन भित्र प्रतिउत्तर लगाउने म्याद दिएको हुनाले एक दुई दिन भित्रै जिल्ला खेलकुदले प्रत्तिउत्तर लगाउने जिल्ला खेलकुदका प्रमुख प्रकाश बरालले जानकारी दिए । उनले भने यो मुद्दा कसैको हार वा जित होइन सम्मानित अदालतमा छलफलको क्रममा नै रहेकोले प्रशिक्षण केन्द्रले जवरजस्ती गर्नु पनि उचित छैन ।

उता पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले ड्राइभिङ्ग प्रशिक्षणलाई सम्झौता बमोजिम नै हटाएको बताए । उनले यो विषय खेलप्रेमी, खेलाडीको विषय मात्र नभएर सार्वननिक हित र चासोको विषय भएको बताए । ‘रंगशाला खेलकुद बिकासको लागि राष्ट्रिय प्रतिष्ठाको विषय संग जोडिएको छ, यो खेलकुदको विश्वविद्यालय समेत हो, स्वस्थ नागरिक उत्पादन गर्ने थलोमा धुवा धुलो र दुर्घटनाका जोखिमका कुरा पनि धेरै भए, हामी अजित भएर नै यसलाई हटाउने निधो गरेका हौं, जुन  सम्झौताको १२ नं वुँदामा समेत स्पष्ट छ’  उनले भने । ‘पोखरा रंगशाला यतिबेला १३ औ साग खेलकुदको तयारीको विकासका लागि पर्खेर बसेको छ । मुलुकको प्रतिष्ठा संग जोडिएको विषय भएको र पुर्वाद्धार विकासका लागि तयारी सुरु गर्नु परेकोले निजी नाफा मुलक व्यवसायिक संस्थाहरुलाई रंगशाला बाट हटाउनुको विकल्प नभएको’ उनले बताए  ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.