default_image

8 years ago

March 3, 2017

पूर्व फुटबल खेलाडी प्रलय र राजीवको प्रयास – कनेक्ट टु नेपाल मोबाइल एप्स

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा पुस्तामा अध्ययनका लागि विदेश जाने लहर नै छ । विदेश जानेमध्ये कमै मात्र स्वदेश फर्कन्छन् । त्यसमा फुटबल खेलाडी पनि अछुतो छैनन् । राष्ट्रिय टोलीबाट खेलिसकेका प्रलय राजभण्डारी र उमेर समूहबाट नेपालको गोलपोष्ट सम्हालेका राजीव श्रेष्ठ पनि अध्ययनका लागि अमेरिका पुगेको दशक पुरा भइसक्यो ।

connecting2nepal

बायाँबाट क्रमश – प्रलय, राजीव र गोपाल

समय मिलाएर छुट्टीमा आउने बाहेक उनीहरु नेपाल फर्कने नफर्कने निश्चित छैन । दुवैले अमेरिका अध्ययन र कामलाई सँगै अघि बढाइरहेका छन् । एन्फा एकेडेमीको पहिलो ब्याचका यी दुईको दोस्ती अहिले पनि उस्तै प्रगाढ नै छ । राजीव केही महिनाअघि र प्रलय गत महिनामात्र नेपाल आएर फर्केका थिए । प्रलय अमेरिकामा रहेका नेपाली खेलाडीको नेतृत्व गर्दै १५ औं आहा रारा गोल्डकप खेलेर फर्केका हुन् ।

नेपाल आउनुअघि नै अर्को एकजना साथी गोपाल सापकोटासँग मिलेर एउटा व्यवसाय सुरु गरिसकेका छन् । विदेशबाट फर्कने निश्चित नभएपनि आफ्नो ठाँउबाट जे गर्न सकिन्छ त्यो गरौं भन्ने उद्देश्यबाट उनीहरुले व्यवसाय थालेका हुन् । अमेरिका बसेपनि उनीको व्यवसाय भने नेपाल र नेपालीसँगै जोडिएको छ ।
उनीहरुले घुम्ती टेक कम्पनीमार्फत कनेक्ट टु नेपाल मोबाइल एप्लिकेसन तयार पारेका छन् । ‘नेपालमा प्रविधिको प्रयोगले नेपालीको जिवन सहज बनाउने लक्ष्य बोकेर ‘घुम्ती टेक’ को सुरुवात गरेको बताउँछन् ।

यो एप्लिकेसनबाट नेपालमा पोस्टपेड र प्रिपेड रिजार्च गर्न मिल्छ । यसको नयाँ अपडेडका रुपमा नयाँ अपडेटमा एनटिसी ल्यान्डलाइन , एडिएसएल , प्रिपेड र डिस होमको बिल पनि तिर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका राजीव बताउँछन् । एपले स्वदेशको आफ्नो घरमा विदेशबाट बिल तिर्न सहज बनाएको छ । यसबाट ५ सेकेन्डमै रिचार्ज हुने बताइएको छ ।

computerconnect

एन्द्रोइड फोनमा गुगल प्ले र एप्पलमा एप स्टोर बाट सहजै सित्तैमा डाउनलोड गर्न मिल्ने एपमा नयाँ प्रयोगकर्ताले आफ्नो इमेलबाट खाता खोल्नु पर्ने हुन्छ । अहिलेलाई एपमा नेपालबाहिरबाट मात्र बिल तिर्न मिल्ने व्यवस्था छ । सञ्चालक प्रलय भविष्यमा नेपालबाटै पनि बिल बिल तिर्न मिल्ने व्यवस्था गरिने बताउँछन् ।

विदेशमा भिसा, मास्टरकार्ड जस्ता डेबिट तथा क्रेडिट कार्डबाट पैसा तिर्न मिल्ने यो एपमा पेपालबाट पनि बिलको पैसा तिर्न मिल्ने बताइएको छ । बिल तिरे पछी इमेलमा कारोबारको नोटिफिकेसन आउनका साथै नेपालमा रहनेको फोनमा समेत सुचित मेसेज प्राप्त हुनेछ ।

राजिव र गोपालले भर्जिनियामा अमेरिकी कलेज अफ कमर्स एन्ड टेक्नोलोजिमा मास्टर्स साइन्स इन इन्फोर्मेसनटेक्नोलजीमा पढेका हुन् । राजिवले मास्टर्स सकिसके भने गोपाल अध्ययन गरिरहेका छन् । प्रलय न्यु योर्कमा बसेर यो कम्पनी सन्चालन गरिरहेका छन् ।

connect-to-nepal

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.