default_image

8 years ago

March 1, 2017

पोखरा स्पोर्टस् अवार्डमा पूर्व अध्यक्ष घलेले सघाउने

119 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाले हरेक बर्ष आयोजना गर्ने पोखरा स्पोर्टस अवार्डलाई समन्वय शाखाका संस्थापक अध्यक्ष मोहन घलेले सहगोग गर्ने बताएका छन् । पाँच वर्ष जापान बसेर एक महिनाका लागि पोखरा फर्केका उनले आफ्नो स्वागतमा कास्की मञ्चले गरेका कार्यक्रममा घलले भने, ‘जापान बसेर पनि मैले त्यहाँ पत्रकारिता पेशा छोडेको छैन । शैली मात्रै फेरिए । यहाँको पत्रकारिताको अवस्था पनि बुझिरहेको छु ।’

nsjf-kaski
मञ्चको गतिविधिलाई आफुले नियाली रहेको उल्लेख गर्दै घलेले थपे ‘मञ्चले पछिल्लो वर्षमा आफुलाई स्थापित गर्न सफल भएको छ । यहाँ कुनै संस्थाले गर्न नसकेको स्पोर्टस् अवार्ड गरेको छ ।’ घलेले आफुले पहिल्यै यो योजना बनाएको जनाउँदै मञ्चले गर्ने स्पोर्टस् अवार्डमा आफ्नो नैतिक, आर्थिक सबै सहयोग रहने बताए । उनले पत्रकार महासंघ केन्द्रमा एशोसियट्सको हैसियतमा सिधै केन्द्रिय सदस्य पाउने अवस्था रहेकाले सोहि अनुसार अघि बढ्न प्रेरित गरे ।

पूर्व अध्यक्ष घलेले लामो समय निस्क्रिय मञ्चलाई आफू र साथीहरु मिलेर पुनः गतिशिल बनाएको स्मरण गर्दै मञ्चले छोटो समयमै आफूलाई स्थापित गर्न सफल भएकोमा खुसी पनि व्यक्त गरे । यस्तै, पूर्व अध्यक्ष विनोद लामिछानेले घलेपछि मञ्चको नेतृत्व लिएको सम्झँदै आज झण्डै पाँच दर्जन पत्रकार मञ्चमा आबद्ध हुनु खुसीको कुरा भएको बताए । मञ्चले सबै समेटेर अघि बढ्नुपर्ने उनले उल्लेख गरे ।

मञ्चका अध्यक्ष केशव पाठकले पूर्व अध्यक्षहरुको साथ सहयोगले नै मञ्चका गतिविधि प्रभावकारी हुने भन्दै धन्यवाद ज्ञापन गरे । कार्यसमिति सदस्य नारायण शाहीको उपचारका लागि १० हजार प्रदान गर्दै सुरु भएको संकलन अभियानमा ६२ हजार सात सय हस्तान्तरण भएको जानकारी दिए ।

यस्तै, मञ्चले नेपाल पत्रकार महासंघ कास्कीको दशौं अधिवेशनमा मञ्चका उपाध्यक्ष दिननाथ बराल सहसचिवमा, सचिव रञ्जन अधिकारी कार्यसमिति सदस्य, सदस्यद्वय सुरज श्रेष्ठ र गीता राना मगर कार्यसमिति सदस्य पदमै तथा संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, पूर्व अध्यक्ष विनोद लामिछाने, साधारणसदस्यहरु दुर्गा अधिकारी, कृपा भण्डारी, एमबी आस्था, ईन्द्र पौडेल, रतन गुरुङ केन्द्रिय पार्सदमा निर्वाचित भएकोमा बधाई समेत ज्ञापन ग¥यो ।

गत वर्ष जेठ १ गते सम्पन्न भएको पोखरा स्पोर्टस् अवार्ड यसपटक स्थानीय तह निर्वाचनका कारण मिति केहि पछि धकेलिने सचिव रञ्जन अधिकारीले जानकारी दिए ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.