2 weeks ago
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतमा आयोजना हुने यु १९ साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ।
मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बैशाख २६ देखि जेठ ४
( मे ९ देखि १८) सम्म आयोजना च्याम्पियनसिपका लागि आइतवार टोलीको अन्तिम छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
नेपाल, आयोजक भारत र श्रीलंका समूह बीमा छन्।
च्याम्पियनसिपको समूह ‘ए’ मा माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।
नेपाली यु २० अन्तिम टोली
गोलकिपर – भक्तबहादुर परियार, उपेन्द्र ल्वागुन, विशेष बनियाँ
डिफेन्डर – रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाङ नेम्बाङ, मदन पौडेल, राम थापा, विजय उर्वा, सिद्धान्त खड्का
मिडफिल्डर – कृष्णबहादुर आले, कृष थापा मगर, सरोज डर्लामी, लछु थापा, सबिनकुमार लुंगेली मगर, रञ्जित लामा, सुवास बम, विज्ञान खड्का
फरवार्ड – पवन पाख्रिन, धरबेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनल पुगिसकेको दुई टोलीबिचको प्रतिस्पर्धामा नेपाल भारतसँग ४-० गोल अन्तरले पराजित भएको छ। समूह चरणको अन्तिम खेलमा आज जित निकालेको भारत समूह विजेता बन्न सफल रह्यो। नेपालको हैसियत उप विजेताको रहेको छ। भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा खेलको २८ औं मिनेटमा रोहेन सिंहले गोल गरे। यो गोल भएको […]
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेड २ खेल अगाडि ‘ए’ डिभिजनमा उक्लन सफल भएको छ। बाँसबारी क्लबलाई २-० ले हराउँदै प्लानिङ ब्वाइज शीर्ष डिभिजनमा उक्लिएको हो। यो जितमा प्लानिङ ब्वाइजले ११ खेलबाट २७ अंक बनाएर २ खेल अगावै शीर्ष दुईमा रहने निश्चित भएको हो। एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङ ब्वाइजलाई बाँसबारीले पहिलो हाफमा गोल गर्न […]
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक बी डिभिजन लिगमा सरस्वती युथ क्लबले वीरगन्ज युनाइटेडलाई ३-० ले हराएको छ । प्रतिबन्ध फुकुवासँगै मैदान फर्किएका धीरेन्द्र शाह सरस्वतीको लागि गोल गर्न सफल रहे । एन्फा कम्प्लेक्समा भएको खेल एकपक्षीय बन्यो । ज्ञानेन्द्र जोशीले १८ औं मिनेटमा सरस्वतीलाई अग्रता दिलाए । पहिलो हाफ एक शुन्यको नतिजामा सकियो । […]