default_image

3 weeks ago

April 26, 2025

अस्ट्रेलियामा प्रतिभा र सरस्वतीको टोलीबीच च्यारिटी खेल हुने

1616 views

0 Bookmark

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीका सदस्यद्धय प्रतिभा माली र सरस्वती चौधरीको टोलीबीच मैत्रीपुर्ण (च्यारिटी) खेल हुने भएको छ ।

थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ दौरान यो च्यारिटी खेललाई समावेश गरेको हो ।

नेपाली महिला भलिबलको चर्चित टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबको आवासीय सुविधासहितको कभर्डहल निर्माण सहयोगार्थ टिम प्रतिभा र टिम सरस्वतबीच च्यारिटी खेल हुन लागेको हो । यस च्यारिटी खेलबाट संकलित रकम न्यु डायमण्डलाई हस्तान्तरण गरिनेछ ।

न्यु डायमण्डले चन्द्रागिरि नगरपालिका १३ स्थित नैकापमा २ रोपनीभन्दा बढी जग्गामा आवासीय सुविधासहितको कभर्डहल निर्माण गरिरहेको छ ।

यो खेल नेपाली समयअनुसार आइतबार दिउँसो २ः१५ बजे लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतिभा र सरस्वती दुवैजना म्याग्दी काली युनाइटेडमा आबद्ध छन् । सरस्वतीले म्याग्दी काली युनाइटेडको कप्तानी गर्नेछिन् भने प्रतिभाले सिड्नीमा रहेका उत्कृष्ट खेलाडीको समिश्रणबाट बनेको न्यु डायमण्डबाट खेल्नेछिन् ।

वि.स. २०६४ बाट भलिबलको यात्रा थालेको न्यु डायमण्डले राष्ट्रियस्तरमा थुप्रै उपलब्धि हासिल गरिसकेको छ । राष्ट्रिय टोलीका प्रतिभा माली, सलिना श्रेष्ठ, प्रगति नाथ, रेश्मा भण्डारी, रमिला तण्डुकार, रिमा कुँवर र कृपा अधिकारी न्यु डायमण्डकै उत्पादन हुन् । न्यु डायमण्डमा अहिले ३० जना भन्दा बढी खेलाडीले प्रशिक्षण लिइरहेका छन् ।

तोरनल्ह रनिङ कप भलिबल २०२५ मा यसपटक अष्ट्रेलियाको सिड्नीमा रहेका नेपाली समुदायका विभिन्न ११ टोलीको सहभागिता रहेको छ ।

सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा दि गोर्खा स्पोर्ट्स क्लब, पोखरा भलिबल क्लब, म्याग्दी जलजला परिवार, ढोरपाटन क्लब अष्ट्रेलिया, म्याग्दी प्रवासी नेपाली संघ (मोना अस्ट्रेलिया) र छन्त्याल परिवार अस्ट्रेलिया रहेका छन् ।

यस्तै समूह ‘बी’ मा गोल्डेन ब्वाइज भलिबल क्लब, गल्कोट समाज, म्याग्दी काली युनाइटेड, आयोजक थकाली सेवा समिति र मंगला समाज अस्ट्रेलिया रहेका छन् ।

यस रनिङ कपमा नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान मान बहादुर श्रेष्ठ, टेकराज अवस्थी, बिशाल बहादुर बिक, हेमन्त बहादुर मल्ल, राजेन्द्र विष्ट, दिल बहादुर सुनार र बसन्त जोशीले खेल्नेछन् ।

यसै रनिङ कपको लागि नेपाली राष्ट्रिय टोलीका सदस्य लोकेन्द्र राज गिरी पनि अस्ट्रेलिया आईसकेका छन् । लोकेन्द्रले गत साता गल्कोट कपमा उपविजेता बनेको म्याग्दी जलजला परिवारबाट खेल्नेछन् । यो टोलीमा हेमन्त पनि रहेका छन् ।

तोरनल्ह भलिबल रनिङ कपको विजेताले ३ हजार अष्ट्रेलियन डलरसँगै रनिङ कप र मेडल प्राप्त गर्नेछ । दोस्रो हुनेले १ हजार ५ सय अष्ट्रेलियन डलरसँगै कप र मेडल प्राप्त गर्नेछ । तोरनल्ह भलिबल रनिङ कपको सर्वाेत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, क्विकर र लिवेरोले ट्रफी प्राप्त गर्नेछ ।

तोरनल्ह भलिबल रनिङ कपलाई मुस्ताङ थकाली किचेन बरुड, स्ट्राथफिल्ड भेजी सेड र हष्र्टभिल भेजी सेडले मुख्य प्रायोजन गरेको छ । डायमन्ड स्पोन्सरमा ग्रेज गोट्स रहेका छन् । गोल्ड स्पोन्सरमा एएलडी कर्पाेरेट, शिल्भरमा फार्मर जोई किचेन, डिवाई बटचर र बुद्ध ज्वेलरी रहेका छन् ।

सहयोगीमा लालटिन नेप्लिज कजिन, सेक्युर नेस्ट मोर्टगेज एण्ड फाइनान्स, इन्द्रेणी फङ्सन सेन्टर, युनिक होम्स, नमस्ते ज्वेलर्स, एभरेस्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, मायालु फर्निचर एण्ड होम एपलाइन्सेस, ग्यालेक्सी फङ्सन, सनराइज मिट एण्ड ग्रोसरी मार्ट, एएम एसान मोबाइल र एसएनसी ब्युटी पिक रहेका छन् ।

थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो समुदायको महान पर्व तोरनल्ह (फागु पुर्णिमा) को अवसरमा हरेक वर्ष भलिबलसँगै खेलकुद र विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेका छन् । यसपटक भलिबल केही ढिला आयोजना हुन लागेको हो ।

May 13, 2025

राष्ट्रिय कराते टोलीलाई ट्रयाक सुट वितरण

काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको टासकनमा आयोजना हुने २१औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपका सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक,अफिसियललाई ट्रयाक सुट र क्याप विरतरण गरिएको छ । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा तथा महासंघका कोषाध्यक्ष एवंम टोलीका व्यवस्थापक किशोर भट्टराईले आज खेलाडीलाई ट्रयाक सुट र क्याप वितरण गरे। ट्रयाक सुट र क्याप कोषाध्यक्ष भट्टराईले उपलब्ध […]

May 11, 2025

अस्ट्रेलियामा पूर्व कराते खेलाडीको एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]

May 6, 2025

पाँचथरमा एन्फा रेफ्रिङ कोर्ष सुरु

दिपक बोहोरा, पाँचथर पाँचथर सदरमुकाम फिदिममा कोशी प्रदेश स्तरीय एन्फा आधारभुत रेफ्रिङ कोर्ष सुरु भएको छ । पाँचथर जिल्ला फुटबल संघ ले फुटबल खेलमा रेफ्रीको भूमिकालाई मध्यनजर राख्दै मंगलबारबाट रेफ्रिङ कोर्षको आयोजना गरेको हो । आगामी बैशाख ३० गतेसम्म सन्चालन हुने कोर्षमा कोशी प्रदेशका बिभिन्न जिल्लाका कुल ४३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । जसमा […]

Success

Thank you for your time.