default_image

8 years ago

March 1, 2017

ब्याडमिन्टन अम्पायर थापा सम्मानित

136 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडी सम्मानमा ब्याडमिन्टनका अन्तर्राष्ट्रिय अम्पायर दीपक थापालाई पनि सम्मान गरेको छ । एनएनआइपिएले राजधानीमा मंगलबार आयोजित कार्यक्रममा थापालाई ब्याडमिन्टन खेलमार्फत देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा उचो बनाउन भूमिका खेलेको भन्दै प्रशंसा पत्र प्रदान गरेको हो।

deepak-thapa

एसियाली ब्याडमिन्टनका सिनियर अम्पायर थापाले गत बर्ष ब्राजिलको रियो ओलम्पिकमा ब्याडमिन्टनमा लाइन जजको भूमिका निर्वाह गरेका थिए । एनएनआईपिएले अहिले सम्मको सफलताका लागि बधाई दिदै थापालाई भविष्यको सफलताको कामना समेत गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, एनएनआइपिएका अध्यक्ष दीपक विष्ट र महासचिव दीपक श्रेष्ठले थापालाई सम्मान गरेका थिए । काठमाडौं जिल्ला ब्याडमिन्टनका अध्यक्ष समेत रहेका काठमाडौं थापागाँउका थापा नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य पनि हुन् ।

एनआइएपिएले विभिन्न २२ खेलका खेलाडीलाई उत्कृष्ट खेलाडी तथा गिनिज अफ ओल्ड रेकर्डमा नाम लेखाउन सफल धावक हरिबहादुर रोकायालाई गजराज आदर्श खेल व्यक्तित्वबाट सम्मान गरेको थियो ।

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

Success

Thank you for your time.