default_image

6 days ago

April 23, 2025

मणिमुकुन्द कप भलिबल -आर्मी र गण्डकीको जित

1094 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लब बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल प्रतियोगितामा आज विजयी भएका छन्

पाँचौ दिन बुधवार पहिलो खेलमा गण्डकीले गल्कोट भलिबल क्लबलाई प्रतिस्पर्धामा खेलमा‌३–२ सेटमा पराजित गर्दै सेमिफाइनल पुग्ने आशालाई जिवित राखेको छ ।

आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसंग पराजय भएको गण्डकीले दोस्रो खेलमा कोशी प्रदेशलाई हराएको थियो ।

समूह ‘बी’मा पुलिसले ३ मा २ खेल जित्दै सेमिफाइनलमा पुगिसकेको छ । पुलिस समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ । बिहीवार पुलिस र गल्कोट खेल्नेछन्। गण्डकीले ३ खेलमा २ मा जित र १ मा हार बेहोरेको छ

गल्कोटले २ खेलमा १ र अर्कोमा पराजय भोगेको छ । समूहबाट सबै तीन खेलमा पराजित भइ कोशी प्रतियोगिताबाट बाहिरिएको छ।

समूह ‘ए’ मा आर्मीले आयोजक मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । आर्मीले २५–१८, २५–२३ र २५–२२ को‌ सहज जित निकाल्यो समुह ए बाट आर्मी ३ खेलमा २ जित १ हार संगै सेमीफाइनलमा पुगेको छ ।

आर्मी यस अघि साग भारत गुजरातको साग भलिबल एकेडेमीसंग पराजित भएको थियो । आर्मीले एपिएफ क्लबलाई हराएको थियो । गुजरात र एपिएबीच बिहीवार प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेताले ३ लाख ११ हजार १ सय ११, दोस्रोले २ लाख ११ हजार १ सय ११ , तेस्रोले १ लाख ११ हजार १ सय ११ र चौथो टोलीले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.