1 week ago
April 21, 2025
सिड्नी (हाम्रो खेलकुद) – थकाली सेवा समिति अष्ट्रेलियाको आयोजनामा अर्काे साता नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ आयोजना हुने भएको छ ।
एक दिने तोरनल्ह भलिबल रनिङ कप लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा अप्रिल २७ तारिख अर्थात बैशाख १४ गते आइतबार हुनेछ ।
थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो समुदायको महान पर्व तोरनल्ह (फागु पुर्णिमा) को अवसरमा हरेक वर्ष भलिबलसँगै खेलकुद र विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेका छन् । यसपटक भलिबल केही ढिला आयोजना हुन लागेको हो ।
तोरनल्ह रनिङ कप भलिबल २०२५ मा यसपटक अष्ट्रेलियाको सिड्नीमा रहेका नेपाली समुदायका विभिन्न १२ टोलीको सहभागिता रहेको छ । आयोजक थकालीले ११ टोलीलाई दुई समूहमा विभाजन गरि खेल तालिका सार्वजनिक गरिसकेको छ ।
समूह ‘ए’ मा दि गोर्खा स्पोर्ट्स क्लब, पोखरा भलिबल क्लब, म्याग्दी जलजला परिवार, ढोरपाटन क्लब अष्ट्रेलिया, म्याग्दी प्रवासी नेपाली संघ (मोना अस्ट्रेलिया) र छन्त्याल परिवार अस्ट्रेलिया रहेका छन् ।
यस्तै समूह ‘बी’ मा गोल्डेन ब्वाइज भलिबल क्लब, गल्कोट समाज, म्याग्दी काली युनाइटेड, आयोजक थकाली सेवा समिति र मंगला समाज अस्ट्रेलिया रहेका छन् ।
यस रनिङ कपमा नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान मान बहादुर श्रेष्ठ, टेक राज अवस्थी, बिशाल बहादुर विक, राजेन्द्र विष्ट, दिल बहादुर सुनार र हेमन्त बहादुर मल्लको खेल हेर्न पाइनेछ ।
तोरनल्ह भलिबल रनिङ कपको विजेताले ३ हजार अष्ट्रेलियन डलरसँगै रनिङ कप र मेडल प्राप्त गर्नेछ । दोस्रो हुनेले १ हजार ५ सय अष्ट्रेलियन डलरसँगै कप र मेडल प्राप्त गर्नेछ । तोरनल्ह भलिबल रनिङ कपको सर्वाेत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, क्विकर र लिवेरोले ट्रफी प्राप्त गर्नेछ ।
तोरनल्ह भलिबल रनिङ कपलाई मुस्ताङ थकाली किचेन बरुड, स्ट्राथफिल्ड भेजी सेड र हष्र्टभिल भेजी सेडले मुख्य प्रायोजन गरेको छ । डायमन्ड स्पोन्सरमा ग्रेज गोट्स रहेका छन् । गोल्ड स्पोन्सरमा एएलडी कर्पाेरेट, शिल्भरमा फार्मर जोई किचेन, डिवाई बटचर र बुद्ध ज्वेलरी रहेका छन् ।
सहयोगीमा लालटिन नेप्लिज कजिन, सेक्युर नेस्ट मोर्टगेज एण्ड फाइनान्स, इन्द्रेणी फङ्सन सेन्टर, युनिक होम्स, नमस्ते ज्वेलर्स, एभरेस्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, मायालु फर्निचर एण्ड होम एपलाइन्सेस, ग्यालेक्सी फङ्सन, सनराइज मिट एण्ड ग्रोसरी मार्ट, एएम एसान मोबाइल र एसएनसी ब्युटी पिक रहेका छन् ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]