default_image

1 week ago

April 20, 2025

गल्कोट कप भलिबलमा ढोरपाटन च्याम्पियन

1124 views

0 Bookmark

सिड्नी (हाम्रो खेलकुद) – ढोरपाटन क्लब अस्ट्रेलिया तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा आइतबार भएको फाइनलमा म्याग्दी जलजला परिवार अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो वर्ष उपाधि जित्न सफल भएको हो ।

पहिलो सेटमा पछि परेको स्थितिमा ढोरपाटनले २५–२२ को पूनरागमन जित निकाल्न सफल भयो । त्यसपछिको सेटमा भने ढोरपाटनले ठुलो दवाव झेल्नुपरेन ।

दोस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको ढोरपाटनले तेस्रो सेट २५–१६ को सेटमा हात पार्दै उपाधि जित्न सफल भयो ।
राष्ट्रिय टोलीका सदस्य हेमन्त बहादुर मल्लले सानदार प्रदर्शन गर्दै आफ्नो टोलीलाई फाइनलमा पु¥याएपनि टोलीलाई उपाधि जिताउन भने सकेनन् ।

यता, राष्ट्रिय टोलीकै सदस्य रहिसकेका राजेन्द्र विष्टले भने आफ्नो टोलीलाई लगातार उपाधि दिलाउन सफल भइरहेका छन् । गत जनवरीमा भएको गोर्खा कपमा भने टोली उपाधिविहीन बनेको थियो ।

उपाधिसँगै ढोरपाटनले ३ हजार ५ सय ३५ अष्ट्रेलियन डलरसँगै रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको जलजलाले २ हजार २० अष्ट्रेलियन डलरसँगै रनिङ ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

यसपटक हरेक खेलको म्यान अफ दि म्याचलाई ट्रफी प्रदान गरिएको थियो । प्रतियोगिताको विधागततर्फ च्याम्पियन ढोरपाटनकै वर्चश्व रह्यो । ढोरपाटनका विजय आचार्य सर्वाेत्कृष्ट खेलाडी चुनिए । उनले १ सय अष्ट्रेलियन डलरसँगै ट्रफी र प्रमाणपत्र गरे ।

जलजलाका हेमन्त बहादुर मल्ल स्पाइकर, ढोरपाटनका विश्व घर्तीमगर सेटर, जलजलाका ज्ञानेन्द्र पटेल ब्लकर, ढोरपाटनका सरोज घर्तीमगर लिवेरो, ढोरपाटनकै राजेन्द्र विष्ट सर्भर र ढोरपाटनकै डोरन राना उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले समान ५० अष्ट्रेलियन डलरसँगै ट्रफी र प्रमाणपत्र गरे ।

एक दिने प्रतियोगितामा अस्ट्रेलियाको सिड्नीमा रहेका नेपाली समुदायका विभिन्न १२ टोलीको सहभागिता रहेको थियो । यस प्रतियोगितामा राष्ट्रिय टोलीका पुर्व कप्तान मान बहादुर श्रेष्ठसँगै टेक राज अवस्थी, हेमन्त बहादुर मल्ल, राजेन्द्र विष्ट, दिल बहादुर सुनार र सम्राट भण्डारीलगायतले खेलेका थिए ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.