1 week ago
April 21, 2025
पर्थ (हाम्रो खेलकुद) – न्यु साउथ वेल्स (एनएसडब्लु) ले नेपालीहरूको मिनी ओलम्पिक मानिने ओसियानिया नेपाली स्पोर्ट्स मिट (ओएनएसएम) २०२५ अन्र्तगत भलिबलमा उपाधि जितेको छ ।
साविकको विजेतासमेत रहेको न्यु साउथ वेल्सले नेपाली राष्ट्रिय टोलीका सदस्य बिशाल बहादुर बिकको अलराउन्ड प्रदर्शनमा आइतबार भएको फाइनलमा आयोजक पश्चिम अस्ट्रेलिया पर्थलाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो ।
पर्थ मेट्रो एरियामा भएको फाइनलको पहिलो सेट मा २५–१७ को सहज सेटमा जित हात पार्याे । न्यु साउथ वेल्सले दोस्रो सेटमा भने २६–२४ को प्रतिस्पर्धात्मक जित निकाल्दै उपाधितर्फ अघि बढ्यो ।
तर, तेस्रो सेट न्यु साउथ वेल्सले १६–२५ ले गुमाउन पुग्यो । चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पर्दै न्यु साउथ वेल्स च्याम्पियन बन्न सफल भयो ।
च्याम्पियन बनेसँगै न्यु साउथ वेल्सले २ हजार अस्ट्रेलियन डलर, शिल्ड, मेडल र प्रमाणपत्र प्रात गरेको छ । भलिबलमा ६ टोलीको सहभागिता रहेको थियो ।
यस्तै अस्ट्रेलियाको पश्चिम अस्ट्रेलिया राज्यको पर्थमा तीन दिनसम्म चलेको ओसियानिया नेपाली स्पोर्ट्स मिट सम्पन्न भएको छ । खेल महोत्सवमा नेपाली खेल क्षेत्रमा नाम चलेका अनुभवी खेलाडीसँगै र नयाँ उदियमान खेलाडीहरुको प्रतिस्पर्धा गरेका थिए ।
हरेक दुई वर्षमा आयोजना हुने ओसियानिया नेपाली स्पोर्ट्स मिटमा यसपटक विभिन्न १० खेल फुटबल, भलिबल, क्रिकेट, बास्केटबल, टेबल टेनिस, लन टेनिस, ब्याडमिन्टन, पौडी, गल्फ र ५ किलोमिटर दौड समावेश गरिएको थियो ।
विदेशमा रहेका नेपाली समुदायबीच यि यस्ता सामाजिक, खेलकुद र कलाका गतिविधिले आपसी सद्भाव, भाइचारा, एकता बढाउने र विकास गर्ने उद्देश्यसहित यस स्पोट्र्स मिट आयोजना गरिएको आयोजकले जनाएको छ ।
यस स्पोर्ट्स मिटलाई सफल बनाउन एनसिए–डब्लुए, एनभिए–डब्लुए, डब्लुएएनएफए, एनआरएनए–डब्लुए, एनएडब्लुए लगायत विभिन्न संघसंस्थाहरूको सहकार्य रहेको छ । स्पोर्ट्स मिटलाई अजि फाइनान्स एण्ड होम लोन, र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले मुख्य प्रायोजन गरेको थियो ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]