default_image

2 weeks ago

April 18, 2025

अस्ट्रेलियामा ओसियानिया नेपाली स्पोर्ट्स मिट सुरु

254 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालीहरुको मिनी ओलम्पिकको रूपमा चिनिने ओसियानिया नेपाली स्पोर्ट्स मिट (ओएनएसएम) २०२५ अस्ट्रेलियाको पश्चिम अस्ट्रेलिया राज्यको पर्थमा आजबाट सुरु भएको छ ।

छैटौं ओसियानिया नेपाली स्पोर्ट्स मिट पर्थमा ३ दिन (शुक्रबार, शनिबार र आइतबार) सम्म पर्थ मेट्रो एरियामा हुनेछ । यस खेल कुम्भमेलाका कारण अस्ट्रेलियाको पर्थ नेपालीमय भइसकेको छ ।

खेल महोत्सवमा नेपाली खेल क्षेत्रमा नाम चलेका अनुभवी खेलाडीसँगै र नयाँ उदियमान खेलाडीको खेल कौशल हेर्न पाइनेछ । हरेक दुई वर्षमा आयोजना हुने ओसियानिया नेपाली स्पोर्ट्स मिटमा यसपटक विभिन्न १० खेल समावेश गरिएको छ ।

फुटबल, भलिबल, क्रिकेट, बास्केटबल, टेबल टेनिस, लन टेनिस, ब्याडमिन्टन, पौडी, गल्फ र ५ किलोमिटर दौड समावेश छन् । स्पोर्ट्स मिटको पहिलो दिन लन टेनिस, टेवल टेनिस, क्रिकेट, ब्याडमिन्टन र गल्फका खेलहरु भएको छ ।

खासगरी विदेशमा रहेका नेपाली समुदायबीच यि यस्ता सामाजिक, खेलकुद र कलाका गतिविधिले आपसी सद्भाव, भाइचारा, एकता बढाउने र विकास गर्ने उद्देश्यसहित यस स्पोटर्स मिट आयोजना गरिएको आयोजकले जनाएको छ ।

यस स्पोर्ट्स मिटलाई सफल बनाउन एनसिए–डब्लुए, एनभिए–डब्लुए, डब्लुएएनएफए, एनआरएनए–डब्लुए, एनएडब्लुए लगायत विभिन्न संघसंस्थाहरूको सहकार्य रहेको छ । स्पोर्ट्स मिटलाई अजि फाइनान्स एण्ड होम लोन, र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले मुख्य प्रायोजन गरेको छ ।

न्यु साउथ वेल्सको भलिबल टोली पर्थ प्रस्थान

ओसियानिया नेपाली स्पोर्ट्स मिट (ओएनएसएम) २०२५ मा सहभागिता जनाउन साविकको विजेता रहेको न्यु साउथ वेल्स (एनएसडब्लु) को भलिबल टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ ।

साविकको च्याम्पियन टोलीमा यसपटक राष्ट्रिय टोलीका सदस्य विशाल बहादुर बिकसँगै दिपेन राई, राज खड्का, पुष्पक थापा, कमल थापा, पदम थापा, दिपेन्द्र कटवाल र खमन लामा लगायत छन् ।

यसपटक एनएसडब्लुले फुटबलमा बाहेक सबै विधामा सहभागिता जनाएको छ । यसपटक अस्ट्रेलियाको सबै स्टेट र टेरिटोरिसबाट मात्रै नभएर न्युजिल्यान्डबाट पनि खेलाडी आएका छन् । ओएनएसएमको इतिहासमा यसपटक सबै स्टेटबाट क्रिकेटमा सहभागिता रहेको छ ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.