2 weeks ago
April 15, 2025
एजेन्सी – च्याम्पिन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा आज मध्यरातमा पेरिस सेन्ट-जर्मेन (पिएसजी) र एस्टन भिल्लाबीच प्रतिस्पर्धा हुँदैछ।
पिएसजी ३-१ को अग्रता सहित भिल्ला पार्क जाँदैछ। जहाँ भिल्ला अक्टोबर यता अपराजित छ र यसअघि नै बायर्न म्युनिखलाई पनि हराएको थियो।
नेयमार, लियोनल मेस्सी र पछिल्लो समय किलियन एम्बाप्पेले क्लब छाडेसँगै प्रशिक्षक लुइस एनरिकेले युवा र उदाउँदा खेलाडीहरूमा विश्वास राखेका छन्।
उनीहरूले राम्रो प्रदर्शन पनि गरिरहेका छन्। पछिल्ला १८ मध्ये १७ खेल जितेको पिएसजीले यो सिजनको फ्रेन्च लिगको उपाधि जितिसकेको छ। यो साता पिएसजीले विश्राम पनि पाएको छ।
पेरिसमा पछिल्लो साता पराजित भए पनि एस्टन भिल्ला उत्कृष्ट लयमा छ। यसअघि उसले सात खेल लगातार जितेको थियो र शनिवार साउथह्याम्प्टन विरूद्ध ३-० को जित निकालेको थियो।
सन् १९८२ को युरोपियन च्याम्पियन भिल्ला १९८३ पछि पहिलोपटक युरोपको शीर्ष स्तरको प्रतियोगितामा खेलिरहेको छ। २०२० मा उपविजेता बनेको पिएसजी गत सिजन सेमिफाइनलसम्म पुगेको थियो। जहाँ बोरुसिया डोर्टमुण्डसँग पराजित हुन पुगेको थियो।
पहिलो लेगको ३-१ को अग्रताको कारण पिएसजीको सेमिफाइनल पुग्ने संभावना उच्च रहेको छ। तर भिल्ला घरेलु मैदानमा सशक्त प्रदर्शन गर्दै आइरहेको छ।
April 24, 2025
हिमाल खरेल,भद्रपुर आयोजक चन्द्रगढी भेट्रान क्लब गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरको मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा दुधे भेट्रान क्लबमाथि ३-० को जित निकाल्दै आयोजक उपाधि नजिक पुगेको हो। चन्द्रगढीका लागि सुवास खड्काले खेलको २३ औँ र ४७ औँ मिनेटमा गोल गरे। सन्तोष बस्नेतले […]
April 23, 2025
सुमन अधिकारी, बुटवल गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लब बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल प्रतियोगितामा आज विजयी भएका छन्। पाँचौ दिन बुधवार पहिलो खेलमा गण्डकीले गल्कोट भलिबल क्लबलाई प्रतिस्पर्धामा खेलमा३–२ सेटमा पराजित गर्दै सेमिफाइनल पुग्ने आशालाई जिवित राखेको छ । आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसंग पराजय भएको गण्डकीले दोस्रो खेलमा […]
April 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई जितको लागि १ सय ६० रनको चुनौति दिएको छ। दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन मात्र बनायो। सुरूवात राम्रो गरेपनि लखनउका मात्र डर अर्डरका खेलाडीको प्रदर्शन कमजोर रहयो। एडन मारक्रम र मिचेल […]