8 years ago
February 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं (हाम्रो खेलकुद)– गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेटिएका पूर्व खेलाडी एवंम् एथलेटिक्सका प्रशिक्षक हरिबहादुर रोकाया गजराज जोशी स्मृती आदर्श खेल व्यक्तित्वबाट सम्मानित भएका छन्। राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले मंगलबार आयोजना गरेको एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ मा २२ खेलका उत्कृष्ट खेलाडीलाई पनि सम्मान गरेको छ ।
स्व. गजराज जोशी फाउन्डेशनले स्थापना गरेको गजराज जोशी स्मृती आदर्श खेल ब्यक्तित्व सम्मान २५ हजार रुपैयाँसहित ट्रफी र ब्यानेटबाट रोकायालाई सम्मान गरिएको छ । बर्ष खेलाडी सम्मान कार्यक्रममा १२ औं सागमा समावेश गरिएका खेलहरुलाई आधार मान्दै र सम्बन्धित संघको उत्कृष्ट खेलाडीको रुपमा सिफारिस गरिएका खेलाडी सम्मान गरिएको थियो।
मनोरञ्जनात्मक कार्यक्रम सहित आयोजना गरिएको कार्यक्रमा २२ खेलाडी उत्कृष्ट खेलाडी सम्मानित भए। यसरी सम्मानित हुनेमा भारोत्तोलनका विकास थापा, फुटबलका नवयुग श्रेष्ठ, भलिबलकी सरस्वती चौधरी, तेक्वान्दोका वीर बहादुर महरा, कुस्तीका सरोज यादव, आर्चरीका प्रेम प्रसाद पुन, स्क्वासका अरहान्त सिंह, बक्सिङ्गकी सरस्वती राना, ब्याडमिन्टनकी नङ्गशल देवी तामाङ्ग, जुडोकी फुपुल्हामु खत्री, सुटिङ्गकी स्नेहा राज्यलक्ष्मी राणा, साईक्लिङ्गका अजय पण्डित छन् ।
त्यस्तै ट्राईथलनकी रोजा के.सी., कबड्डीका शान्ति मल्ल, लनटेनिसका अभिषेक बास्तोला रहेका छन् । यस्तै हक्कीकी कुश्मा रानामगर, खोखोकी अर्पणा कुमारी महतो, पौडीकी गौरिका सिंह, उसुकी नीमा घर्ती मगर, टेबल टेनिसका दीप साउन, ह्याण्डबलकी रञ्जना राई र एथलेटिक्सकी हरिकुमार रिमाल पनि सम्मानित भए । सम्मानित हुने खेलाडीले खेलाडी संघबाट ५ र राष्ट्रिय संघबाट ५ हजार गरि १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
विगत १० बर्ष देखि खेलाडीहरुको हौसला अभिबृद्धि तथा प्रेरणा प्रदान गर्ने उद्धेश्यका साथ एनएनआईपिएले उत्कृष्ट बर्ष खेलाडी सम्मान आयोजना गर्दै आईरहको छ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]