8 years ago
February 27, 2017
स्याङजा (हाम्रो खेलकुद) – बद्रिलाल नेपालले धन बहादुर प्रधान स्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । स्वीस लिग ७ चरणको खेलमा बद्रिले ५ जित र दुई बराबरीका साथ ६ अंक बटुल्दै उपाधि जितेका हुन् ।
बद्रिले ट्रफिका साथ १५ हजार रुपैयाँ प्राप्त । त्यस्तै समान ६ अंक भएपनि प्रोग्रेसिव टाइब्रेकमा सिएम भुपेन्द्र निरौला दोश्रा भए । उनले १० हजार प्राप्त गरे । लक्ष्मी स्मृति पुस्तकालयमा संचालित खेलमा चितवनका सुमित पन्त तेश्रा भए । उनले ७ हजार रुपैयाँ पाए । भक्तपुरका भेट्रान गणेशमान दुवाल चौथौं भए, उनले ५ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै पूर्व नेपाल च्याम्पियन नविन तण्डुकार पाँचौ, दमकका विक्रम सिंघक छैटौं, धनुषाका शुशील चौधरी सातौं, पोखराका सुनिल बहादुर कोइराला आठौं, सिन्धुलीका राजन पहाडी नवौं र कास्कीका रन्जन कुँवर दशौं भए । पाँचौदेखि दसौं हुनेले ३ हजार रुपैयाँ प्राप्त गरे ।
स्याङजा जिल्ला बुद्धिचाल संघको आयोजनामा चार दिने प्रतियोगितामा ११ जिल्लाका ४० खेलाडी सहभागि थिए । जसमा स्याङजाका विश्व पराजुल उत्कृष्ट पश्चिमान्चल, स्थानीयतर्फ छविलाल नेपाली उत्कृष्ट, कृष्णकुमार राना दोश्रो, अनरेटेडतर्फ स्याङजाकै प्रवेश भुजेल प्रथम भए । त्यस्तै मोहनसिंह प्रधान उत्कृष्ट भेट्रान, निना श्रेष्ठ उत्कृष्ठ महिला, दिपिन परियार उत्कृष्ट जुनियर र १६८७ रेटेड प्युठानका श्रीकृष्ण श्रेष्ठ १७०० मुनी उत्कृष्ट खेलाडी घोषित भए । आयोजक संघका अध्यक्ष शेरजंङ्ग अधिकारी,स्याङ्गजाका प्रहरी उपरीक्ष बेद बहादुर बोगटी, नेपाल बुद्धिचाल संघका उपाध्यक्ष ज्ञानेन्द्र खाइजु, समाजसेवी रत्न श्रेष्ठ लगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]