3 weeks ago
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ।
नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो।
ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर साई सुदर्शन र जिश बटलरले दोस्रो विकेटको लागि ८० रनको साझेदारी गरे। बटलर ३६ रनमा आउट भए।
यसपछि साहरूख खानले पनि साई सुदर्शनसँग तेस्रो विकेटको लागि ६२ रनको साझेदारी गरे। साहरूख पनि ३६ रनना आउट भए।
क्रिजमा टिकेका साई ३२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दाे अर्धशतक बनाए। उनी १९ औं ओभरको दोस्रो बलमा कुल ८ चौका र ३ छक्काको मद्दतमा ८२ रन जोडेर आउट भए। उनले ५२ बल खेले।
राहुल टेवाटिया अविजित २४ रनमा रहे। उनले १२ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे।
बलिङमा तुसार देशपाण्डे र महिश थेकसानाले समान २ विकेट लिए। यसैगरी जोफ्रा आर्चर र सन्दीप शर्माले समान विकेट झारे।
गुजरात टाइटन्स अहिले अंक तालिकाको दोस्रो स्थानमा छ। उसले ४ खेलबाट तीन जित सहित ६ अंक बनाएको छ।
राजस्थानले ४ खेलमा २ जित र २ हार बेहोरेको छ। उसँग ४ अंक रहेको छ। गुजरात चौथो र राजस्थान तेस्रो जित निकाल्ने दाउमा छन्।
यी दुई बीच यसअघि ६ पटक प्रतिस्पर्धा भएको छ। ५ पटक गुजरातले र १ पटक राजस्थानले खेल जितेको छ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]