2 weeks ago
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ ।
आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर बृद्धि गरिएको हो ।
यससँगै अब यस पाली च्याम्पियन हुने टोलीले टोलीले ३ हजार ५ सय ३५ अष्ट्रेलियन डलरसँगै रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले २ हजार २० अष्ट्रेलियन डलरसँगै रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । गत वर्ष विजेताले २ हजार ५ सय र उपविजेताले १ हजार ५ सय प्राप्त गरेका थिए ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १ सय अष्ट्रेलियन डलरसँगै ट्रफी र प्रमाणपत्र गर्नेछ । व्यक्तिगत विधाका उत्कृष्टहरु स्पाइकर, सेटर, ब्लकर, लिवेरो, सर्भर र प्रशिक्षकले समान ५० अष्ट्रेलियन डलरसँगै ट्रफी र प्रमाणपत्र गर्नेछ । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचलाई ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
एक दिने प्रतियोगिता २० अप्रिल अर्थात २०८२ को बैशाख ७ गते आइतबार सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका विभिन्न १२ टोलीको सहभागिता रहेको छ । गत साता पोल विभाजना गरिएको छ ।
पोल ‘ए’ मा छन्त्याल परिवार अष्ट्रेलिया, गोल्डेन ब्वाइज भलिबल क्लब, जलजला परिवार अष्ट्रेलिया, मोना अष्ट्रेलिया, दि गोर्खा स्पोर्ट्स क्लब र थकाली सेवा समिति रहेका छन् ।
पोल ‘बी’ मा म्याग्दी काली युनाइटेड, मंगला समाज अष्ट्रेलिया, आयोजक गल्कोट, साविक विजेता ढोरपाटन क्लब अष्ट्रेलिया, पोखरा भलिबल क्लब र पर्वत बेनी रहेका छन् । गत वर्ष ढाेरपाटन विजेता तथा छन्त्याल उपविजेता बनेकाे थियाे ।
यस प्रतियोगितामा राष्ट्रिय टोलीका पुर्व कप्तान मान बहादुर श्रेष्ठसँगै टेक राज अवस्थी, बिशाल बहादुर बिक, हेमन्त बहादुर मल्ल, राजेन्द्र विष्ट र दिल बहादुर सुनारलगायतको उत्कृष्ट खेल कौशल हेर्न पाइनेछ । पछिल्लो समय सिड्नीमा रहेका नेपाली समुदायबीच नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियता बढ्दै गइरहेको छ । राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरुको आगमनले यहाँको भलिबलको प्रतिस्पर्धा माथिल्लो स्तरमा पुगेको छ ।
प्रतियोगितालाई बिएनबी होम लोनले मुख्य प्रायोजन गरेको छ । नमस्ते ज्वेलर्स र एएलडी कर्पाेरेट पावरवाईमा रहेका छन् । प्लाटिनम प्रायोजकमा एभरेस्ट ग्लोबल एजुकेशन एण्ड भिजा सर्भिसेस र श्रीजन मल्ल र उनको परिवार रहेको छ । गोल्ड स्पोन्सरमा इम्पाएर र हाम्रो रेमिट रहेका छन् । गोल्ड स्पोन्सरमा इम्पाएर होम एण्ड कन्स्ट्रक्सन र हाम्रो रेमिट रहेका छन् ।
व्यक्तिगत विधाको प्रायोजकमा अर्जुन केसी (एडभोकेट कि कन्भेन्सिङ तथा सहयोगीमा दा भिन्ची ट्राभल्स, युनिक होम्स, ग्लोबल कन्सल्ट, हीरा ल्यान्डस्केपिङ एण्ड डेकिङ सर्भिस, एभरेस्ट तन्दुरी फङ्सन सेन्टर, ब्रन्च क्याफे एण्ड ग्रिल, विजे पल (रेन एण्ड होम्स), डि वाई बट्चर सप, राजेश केसी (फ्लेभर्स अफ नेपाल) र ओल्ड दरवार नेप्लिज रेष्ट्ररेन्ट एण्ड लज रहेका छन् । प्रतियाेगितालाई नेपाल भलिबल संघ अष्ट्रेलियाकाे सहयाेग रहेकाे छ ।
अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) ले भलिबल प्रतियोगिता आयोजनासँगै सामाजिक कार्यहरु गर्दै आइरहेका छन् ।
April 21, 2025
सुमन अधिकारी, बुटवल आयोजक वेष्ट्रन क्रिकेट एकेडेमीले यु १४ टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । देवदह क्रिकेट युनिटलाई सोमवार भएको फाइनलमा १३ रनले पराजित गर्दै वेष्ट्रनले उपाधि जितेको हो । नरेश्वर खेल मैदानमा टस जितेर ब्याटिङ गरेको वेष्ट्रनले १४.१ ओभरमा सबै बिकेट गुमाएर ५५ रन बनाएको थियो । जसमा एक्स्ट्रा रन नै २० […]
April 21, 2025
सिड्नी (हाम्रो खेलकुद) – थकाली सेवा समिति अष्ट्रेलियाको आयोजनामा अर्काे साता नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ आयोजना हुने भएको छ । एक दिने तोरनल्ह भलिबल रनिङ कप लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा अप्रिल २७ तारिख अर्थात बैशाख १४ गते आइतबार हुनेछ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो समुदायको महान पर्व तोरनल्ह (फागु पुर्णिमा) को अवसरमा […]
April 21, 2025
पर्थ (हाम्रो खेलकुद) – न्यु साउथ वेल्स (एनएसडब्लु) ले नेपालीहरूको मिनी ओलम्पिक मानिने ओसियानिया नेपाली स्पोर्ट्स मिट (ओएनएसएम) २०२५ अन्र्तगत भलिबलमा उपाधि जितेको छ । साविकको विजेतासमेत रहेको न्यु साउथ वेल्सले नेपाली राष्ट्रिय टोलीका सदस्य बिशाल बहादुर बिकको अलराउन्ड प्रदर्शनमा आइतबार भएको फाइनलमा आयोजक पश्चिम अस्ट्रेलिया पर्थलाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो पटक […]