default_image

2 days ago

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

622 views

0 Bookmark

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे।

नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल भयो।

रोनाल्डोले खेलको चौथो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए । डुरानको प्रहार पोस्टमा लागेर फर्किएको बललाई रोनाल्डोले सदुपयोग गर्दै गोल गरे।

त्यो उनको लिगमा १९ औं गोल र खेल जीवनको ९ सय २८औं गोल हो। उनी लिगको शीर्ष गोलकर्ता सूचीमा अब्देर्रजाक हम्दल्लाहभन्दा २ गोलले अघि छन्।

मानेले २६औं मिनेटमा गोल गर्दै अल-नासरको अग्रता दोब्बर बनाए। रोनाल्डोको सटिक थ्रु पासबाट सालेम अल-नाज्दीले असिस्ट गर्दै मानेलाई गोल गर्न सहयोग गरे।

४१ औं मिनेटमा डुरानले पेनाल्टी एरिया बाहिरबाट लो शट प्रहारमा गोल गरेपछि टोलीले पहिलो हाफमा ३-० को अग्रता बनायो ।

अल-खलुदले ७२औं मिनेटमा अली लाजामीको आत्मघाती गोलमार्फत एक गोल फर्कायो। २५ खेलमा‌ अल-नासरको ५१ अंक छ।

शीर्षस्थानको अल‌ इत्तिहादको ६१ र एक खेल कम खेलेको अल हिलालको ५४ अंक छ। अल-खलुद ३१ अंकसहित १० औं स्थानमा छ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.