2 hours ago
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो ।
जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको थियो। मनिष थापा ४ र आकाश त्रिपाठी बिना कुनै रन सागर ढकालको बलमा आउट भए।
लगतै कप्तान देव खनाल मात्र ११ रनमा ललित राजवंशीको बलमा एलबिडब्लु धरापमा परे। यो सँगै लुम्बिनी थप दबाबमा आयो। ३० रन बनाएका ओपनर मृनाल चौथो विकेटको रूपमा पविलियन फर्किए। यतिखेर लुम्बिनीले ४ विकेटको नोक्सानीमा ६५ रन मात्र बनाएको थियो।
पाँचौ नम्बरमा आएका प्रज्वल थापालाई अन्य खेलाडीले साथ दिन सकेनन्। उनले सर्वाधिक ७२ रन बनाए। सात खेलाडीले दोहोरो अंक छुन सकेनन्।
बलिङमा सागर ढकालको प्रदर्शन सानदार रहयो। १० ओभर बलिङ गर्दै २ मेडन सहित ३२ रन खर्चेर ३ विकेट लिए। ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान २/२ विकेट झारे।
यसअघि एक्स्ट्रा टेक ओभल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ५० ओभरमा ६ विकेट गुमाउँदै २४९ रन बनायो। ओपनर अर्जुन साउद ९ रनमा आउट भए। यसपछि कुशल भुर्तेल र अमित श्रेष्ठले तेस्रो विकेटको लागि ८२ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे। अमित २२ रनमा आउट भए। कुशलले अर्धशतक प्रहार गरे। ७५ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा ५९ रन बनाए।
यसपछि कप्तान दीपेन्द्र सिंह ऐरी मात्र ६ रनमा आउट भए। यतिखेर पुलिसले ४ विकेट गुमाउँदा १ सय २० रन बनाएको थियो। आरिफ शेख र दीलिप नाथले ७८ रनको साझेदारी गरे। दीलिप ३४ रनमा आउट भए। आरिफले ५६ रन बनाए। गुल्सन झा अविजित ३६ रनमा रहे।
बलिङमा अजय चौहानले १० ओभरमा १ मेडन सहित ३८ रन मात्र खर्चेर ३ विकेट लिए। कृष्ण कार्कीले पनि ३ विकेट नै झारे।
पहिलो खेलमा जित सहित पुलिसले २ अंक बनाएको छ। दोस्रो खेल खेलेको लुम्बिनीको यो पहिलो हार हो। हिजो लुम्बीनीले पहिलो खेलमा कोशी प्रदेशलाई हराएको थियो।
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]