default_image

13 hours ago

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – न्युजिल्याण्ड र भारत खेल्दै

461 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधिका लागि आज भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार आइतवार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

भारत सन् २०१३ पछि च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ । त्यतिबेला फाइनलमा भारतले घरेलु टोली इङ्ग्ल्याण्डलाई पराजित गर्दै उपाधि जितेको थियो ।

भारत अघिल्लो संस्करणमा पनि फाइनल पुगेको थियो । २०१७ मा भएको पछिल्लो संस्करणको फाइनलमा भारत पाकिस्तानसँग पराजित भएको थियो ।

न्युजिल्याण्ड २५ वर्ष अगाडि भारतलाई हराउँदै च्याम्पियन बनेको थियो । न्युजिल्याण्ड सोहि इतिहास दोहोर्याउने योजनामा छ ।

२००० मा केन्यामा आयोजना भएको दोस्रो च्याम्पियन्स ट्रफीको फाइनलपछि दुई टोली बिच आज उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

समूह चरणमा एकै समूहमा थिए । त्यसमा भारतले न्युजिल्याण्डलाई ४४ रनले पराजित गरेको थियो ।

हेनरीले यो च्याम्पियन्स ट्रफीमा १६.७० को औसतमा १० विकेट लिएका छन् । त्यसमध्ये ५ विकेट भारतविरुद्ध लिएका थिए ।

भारतले आइसिसीका पछिल्ला १४ प्रतियोगितामध्ये १२ मा नकआउट चरणमा स्थान बनाएको छ । न्युजिल्यान्डले भने ८ प्रतियोगिताको नक आउट चरणमा स्थान बनाएको छ ।

च्याम्पियन्स ट्रफीमा सर्वाधिक रन बनाउने क्रिस गेलको कीर्तिमान तोड्न विराट कोहली ४५ रन टाढा छन् । गेलले ७ सय ९१ रन बनाउँदा विराटले ७ सय ४६ रन जोडेका छन् ।

भारतीय टोली

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, ऋषभ पन्त, हार्दिक पान्ड्या, अक्षर पटेल, वाशिंगटन सुंदर, कुलदीप यादव, हर्षित राणा, मोहम्मद शामी, अर्शदीप सिंह, रविन्द्र जडेजा, वरुण चक्रवर्ती

न्युजिल्याण्डको टोली

मिचेल सान्टनर (कप्तान), माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभोन कोन्वे, काइल जेमिसन, म्याट हेनरी, टम लाथम, डेरिल मिचेल, विल ओरोर्के, ग्लेन फिलिप्स, रचिन रवीन्द्र, नाथन स्मिथ, केन विलियमसन, विल यङ, ज्याकोब डफी

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

March 9, 2025

दीपेन्द्रको ७ विकेटमा कर्णालीको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – दीपेन्द्र रावतको ७ विकेटको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कर्णालीले आइतवार सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको छ । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा सबै विकेट गुमाएर ७६ रनमा समेटियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक २७ रन जोडे […]

Success

Thank you for your time.