3 months ago
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ ।
पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो ।
फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । महिला तर्फको फाइनलमा पुलिस आर्मीलाई २-१ सेटमा पराजित गर्दै उपाधि जित्यो ।
पुरुषको पहिलो सेमिफाइनलमा पुलिसले एपिएफलाई र दोस्रो सेमिफाइनलमा आर्मीले मधेशलाई समान २-० को सोझो सेटमा पराजित गरी फाइनलमा भेट पक्का गरेका थिए।
पुरुषतर्फ ७ प्रदेश र ३ विभाग गरि १० टोलीको तथा महिलातर्फ ३ विभाग,कोशी, मधेश, बागमती, गण्डकी र लुम्विनी प्रदेश गरि ८ टोलीको सहभागिता थियो।
लिगमा पुरुष तर्फ २ समूहमा समान ५ टोली थिए। समूह ‘क’ मा पुलिस सबै ४ खेल जित्दै समूह विजेता बनेको थियो । मधेशले ३ खेल जित्दै समूह उपविजेता बनेर सेमिफाइनल पुगेको थियो ।
समूह ‘ ख’ले ३ जित र १ बराबरी खेल्दै आर्मी समूह विजेता, समान २ जित र २ बराबरी गर्दै एपिएफ समूह उप विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो ।
महिलामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको थियो। समूह ‘क’ बाट पुलिस पहिलो र लुम्बिनी प्रदेश दोस्रो भएर सेमिफाइनल पुगेका थिए। समूह ‘ख’ बाट आर्मी विजेता र एपिएफ उपविजेताका रुपमा अन्तिम चारमा पुगेका थिए।
पहिलो सेमिफाइनलमा पुलिसले एपिएफलाई र दोस्रो सेमिफाइनलमा आर्मीलेले लुम्बिनीलाई समान २-० को सोझो सेटमा पराजित गर्दै एकअर्कासँगको भेट पक्का गरेका थिए।
पुरुषतर्फको विजेताले १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्यो । महिला तर्फको विजेता ६० हजार र दोस्रो टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्यो ।
संघीय सांसद अशोक कुमार चौधरीले विजेता, उपविजेता टोलीलाई पुरस्कृत गरे। आयोजक नेपाल डोरी तान संघका अध्यक्ष भवानी प्रसाद पौडेलले सहभागी टोली, आयोजक सदस्य, टेक्निकल कमिटी र सहयोगी सबैलाई धन्यवाद दिए ।
सरकारको सहयोग पाएमा डोरी तान खेलमार्फत अन्तराष्ट्रिय स्तरमा नेपालको पहिचान बनाउन सकिने डोरी तान संघका महासचिव विमल पौडेलले बताए ।
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्याइज युनियन क्लब जित हात पार्न सफल भएको छ। रोमाञ्चक खेलमा श्री कुमारी क्लबलाई ५-३ को हार चखाउन सफल भएको छ। यो जितमा ब्वाइज युनियनको रेलिगेसनबाट जोगिएको छ। खेलको १९ औं मिनेटमा पाल्देन तामाङको गोलमा श्री कुमारी ले पहिले अग्रता बनायो। तर यो अग्रता धेरै बेर टिकेन। […]
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको टासकनमा आयोजना हुने २१औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपका सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक,अफिसियललाई ट्रयाक सुट र क्याप विरतरण गरिएको छ । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा तथा महासंघका कोषाध्यक्ष एवंम टोलीका व्यवस्थापक किशोर भट्टराईले आज खेलाडीलाई ट्रयाक सुट र क्याप वितरण गरे। ट्रयाक सुट र क्याप कोषाध्यक्ष भट्टराईले उपलब्ध […]
May 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]