default_image

3 months ago

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

326 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्।

घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए।

यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। उनको करियरको यो तेस्रो उपाधि हो। सन् २००७ मा करियरको पहिलो उपाधि कैलाश टी ओपन जितेका थिए। आज उपाधिसँगै उनले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे।

यो सिजन लगातार दुई प्रतियोगिता जितेका निरज र अन्तिम १८ होलको सुरुवात गर्दा एक स्ट्रोकले अगाडि रहेका तोरणबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो। सोही अनुरूप १८ होल सम्म नै निरजले तोरणलाई दबाब दिए।‌

तोरणले तेस्रो देखि पाँचौं होलमा लगातार तीन बर्डी प्रहार गर्दै उत्कृष्ट सुरूवात गरे। पाँचौं होलमा त उनी इगलको लागि केहि इन्चले चुके।

यता निरजले पनि चौथो र नवौं होलमा एक-एक सट बचाए। तोरणले फ्रन्ट नाइन ३-अन्डरमा र निरजले २-अन्डरमा सकाए। फ्रन्ट नाइनको समाप्तीमा तोरण २ स्ट्रोकले अग्रता बनाए।

यसपछि तोरणले १० औं होलमा एक सट बचाउँदा अग्रता ३ स्ट्रोकमा पुर्याउँदै जिततर्फ अगाडि बढिसकेका थिए। तर निरजले हार मानेनन्। ११ औं होलमा दुवैले बर्डी प्रहार गरे। यसपछि निरजले १४ औं र १५ औं होलमा लगातार दुई बर्डी प्रहार गरेर तोरणलाई कडा चुनौती दिए।

तोरणको अग्रता एक स्ट्रोकमा झर्यो। तर लगतै १६औं होलमा बोगी प्रहार गर्नु निरजको लागि महङ्गो साबित भयो। उनी फेरि २ स्ट्रोकले पछि परे। लगातार यो सिजन तेस्रो उपाधि जित्ने दाउमा रहेका निरजले सो बोगी बिर्सदै १७ औं होलमा दिनको छैटौं बर्डी दर्ज गरे।

अब अन्तिम होलमा बर्डी प्रहार गरेको खण्डमा निरजले खेललाई प्ले अफसम्म पुर्याउण सक्थे। तर निरज र तोरण दुवैले १८ औं होलमा पार खेले। यो सँगै एक स्ट्रोकको अग्रता नै तोरणलाई उपाधिको लागि प्रयाप्त भयो।

तोरणले जस्तै ५-अन्डर ६७ को उत्कृष्ट स्कोरका बाबजुद समग्रमा १७-अन्डर २७१ सहित निरजले दोस्रो स्थानमा चित बुझाए। उनले नगद १ लाख हात पारे। यसअघि इस्टर्न ओपन र वेस्टर्न ओपन जितेका उनले लागातार तेस्रो उपाधि जित्ने मौका चुकाए।

नेपाल नम्वर एक एमेच्योर गल्फर सदभाव आचार्यले आज दिनकै उत्कृष्ट ७-अन्डर ६५ को स्कोर निकाले। समग्रमा १३-अन्डर २७५ सहित तेस्रो भए। बोगी फ्री स्कोर कार्ड बनाएका उनले सात बर्डी प्रहार गरे। यो स्कोरमा उनले एमेच्योरतर्फको उपाधि जिते। उनले राहुल विश्वकर्मालाई ९ स्ट्रोकको फराकिलो अन्तरना माथ दिए।

३-अन्डर ६९ स्कोर गर्दै समग्रमा ५-अन्डर २८३ सहित सञ्जय लामा चौथो भए। प्रो तर्फ तेस्रो हुँदै उनले ७५ हजार प्राप्त गरे। एमेच्योर राहुल समग्रमा पाँचौं भए। राहुले आज २-ओभर ७४ स्कोर जोडे। समग्रमा ४-अन्डर २८४ को स्कोर निकाले। एमेच्योरतर्फ उनी दोस्रो भए।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका सिनियर ब्रान्ड म्यानेजर विदुर राज अधिकारी र नेपाल प्रोफेसनल गल्फ एसोसिएसन (एनपिजिए) का अध्यक्ष रवीन्द्र मान श्रेष्ठले पुरस्कार वितरण गरे।

चार दिने प्रतियोगिताको कुल पुरस्कार राशी ८ लाख ८२ हजार रुपैयाँ रहेको थियो। प्रतियोगितामा ३० प्रो र ९ एमेच्योर गरी कुल ३९ गल्फरले प्रतिस्पर्धा गरेका थिए।

June 1, 2025

‘स्वर्णकथा नेपाली फुटबलको’ विमोचन

काठमाडौं (हाम्रो खेलकुद)- खेल पत्रकार हिमेशरत्न वज्राचार्यले लेखेको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ विमोचन भएको छ । नेपाली फुटबलको सफल इतिहासलाई समेटिएको सो पुस्तक आइतवार नेपाली फुटबलका हस्ती राजुकाजी शाक्यले विमोचन गरे । नेपालले तत्कालीन दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) को पहिलो (सन् १९८४) र छैटौं (१९९३) संस्करणमा फुटबलमा स्वर्ण पदक […]

June 1, 2025

मोना अस्ट्रेलिया कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको आयोजनामा नवौं मोना अस्ट्रेलिया कप भलिबल तथा बास्केटबल प्रतियोगिता अर्काे साता हुने भएको छ । दुई दिने प्रतियोगिता लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा जुन ७ र ८ तारिख ( जेठ २४ र २५ गते ) मा हुनेछ । प्रतियोगितामा खुल्ला पुरुष भलिबल, खुल्ला महिला भलिबल, ३५ […]

May 27, 2025

पञ्जाब आइपिएलको पहिलो क्वालिफायरमा

एजेन्सी – पन्जाब किंग्स इण्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा पुगेको छ। मुम्बई इण्डियन्सलाई सोमवार ७ विकेटले‌ हराउँदै पञ्जाबले शीर्ष २ मा‌ लिग चरणको अन्त्य गरेको छ।१ सय ८५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ९ बल बाँकी रहँदा ३ विकेट गुमाएर जित निकालेको हो। पञ्जाबका ओपनर प्रियान्स आर्य र जोस इङलिसले अर्धशतक बनाए। प्रियान्सले ३५ […]

Success

Thank you for your time.