3 months ago
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो ।
निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ ले वडा नं ८ लाई र १८ ले वडा नं ९ लाई हराउँदै फाइनल भेट पक्का गरेका थिए।
फाइनलको प्लेयर अफ दि द म्याच बनेका विजेता वडा नं १५ का विकेश थिङ प्रतियोगिताको उत्कृष्ट गोलकिपर घोषित भए ।
वडा नं १८ का अभिराज थापा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । वडा नं १५ का नविन लो उत्कृष्ट डिफेण्डर, १८ का साजन लोप्चन उत्कृष्ट मिडफिल्डर, १५ का रेहान घलान उत्कृष्ट फरवार्ड र हेटौंडा १५ का उज्वल वाइबा उत्कृष्ट प्रशिक्षक घोषित भए ।
सर्वोत्कृष्टले १० हजार र विधागत उत्कृष्ट खेलाडीले समान ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । विजेता टोलीले १ लाख र दोस्रो टोलीले ७० हजार रुपैयाँ प्राप्त गर्यो ।
नगर खेलकुद विकास समिति हेटौंडाको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको प्रायोजनमा पिप्ले क्याम्पा रंगशालामा भएको प्रतियोगितामा हेटौंडाका १९ मध्ये १० वटा वडाको सहभागिता थियो ।
हेटौंडा–१२ निवासी अनुपम घलानको गत असोजमा एन्फा एकेडेमी सिस्नेरीको पहिरोमा परेर निधन भएको थियो । उनकै स्मृतिमा हेटौंडामा प्रत्येक वर्ष आयोजना गर्ने गरी यस वर्षबाट प्रतियोगिता सुरु भएको हो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरेको अध्यक्षतामा भएको प्रतियोगिताको समापनमा हेटौंडा उपमहानगरपालिकाका कार्यवाहक मेयर राजेश बानियाँ मुख्य अतिथी थिए। ।
May 27, 2025
एजेन्सी – पन्जाब किंग्स इण्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा पुगेको छ। मुम्बई इण्डियन्सलाई सोमवार ७ विकेटले हराउँदै पञ्जाबले शीर्ष २ मा लिग चरणको अन्त्य गरेको छ।१ सय ८५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ९ बल बाँकी रहँदा ३ विकेट गुमाएर जित निकालेको हो। पञ्जाबका ओपनर प्रियान्स आर्य र जोस इङलिसले अर्धशतक बनाए। प्रियान्सले ३५ […]
May 26, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ चौथो जित दर्ता गरेको छ। पुलिसले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा माथ दियो। पोखरा रंगशालास्थित कभर्ड जलमा भएको आजको अन्तिम खेलमा पुलिसले एपिएफलाई २५-२२,२५-२० र २५-१६ ले हरायो। ५ खेलमा १२ अंक बनाएको पुलिसले फाइनलमा पुग्ने संभावनालाई कायमै […]
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्याइज युनियन क्लब जित हात पार्न सफल भएको छ। रोमाञ्चक खेलमा श्री कुमारी क्लबलाई ५-३ को हार चखाउन सफल भएको छ। यो जितमा ब्वाइज युनियनको रेलिगेसनबाट जोगिएको छ। खेलको १९ औं मिनेटमा पाल्देन तामाङको गोलमा श्री कुमारी ले पहिले अग्रता बनायो। तर यो अग्रता धेरै बेर टिकेन। […]